
जनक चन्द , कुशे । कुशे गाउँपालिका–५ ढिमे स्थिति स्वास्थ्य चौकीमा कार्यरत अनमी कृष्ण कुमारी बस्नेतले मोबाईल बत्तिको प्रकाशमा एक महिलालाई सुत्केरी गराएकी छन । स्वास्थ्य चौकीमा रहेको सोलार सेट, चार्ज कन्ट्रोलर बिग्रिएपछि मोबाईल बत्तिको प्रकाशमा स्वास्थ्यकर्मी बस्नेतले महिलालाई सुत्केरी गराएकी हुन् ।
अनमी बस्नेतले मोवाईल बत्तिको प्रकाशमा कुशे–५ ढिमेकै गोरख मल्लकी २१ बर्षिय श्रीमति शुशिला मल्ललाई मंगलबार राति सुत्केरी गराएकी थिईन । मोबाइल बत्तिको उज्यालोमा सुत्केरी गराउन सफल भएपछि शुशिलाको साढेँ तीन किलो तौल भएको छोरी जन्मिएको अनमी बस्नेतले जानकारी दिएकी छन् ।
पूर्वाधार, सामाग्री र बत्ति अभावका बाबजुद पनि सुत्केरी गराउन सफल भएकोमा खुशी व्यक्त गर्दै अनमी बस्नेतले बच्चा र आमा दुबैको स्वास्थ्य अबस्था ठिक भएको जानकारी दिइएकी छन । २ किलोवाट क्षमता भएको सोलार सेट जडान गरिएको स्वास्थ्य चौकीमा स्वच्छता परियोजनाको आर्थिक सहयोगमा खरिद गरिएको इन्भटर (चार्ज कन्ट्रोलर) ६, ७ महिना मात्र चलेको, त्यसपछि बिग्रि सकेको स्वास्थ्य चौकीका ईन्चार्ज दिनेश कुमार रावलले जानकारी दिएका छन् ।
बिग्रिएको इन्भटर (चार्ज कन्ट्रोलर) लाई मर्मत गर्न वा नयाँ खरिद गर्न सक्ने स्वास्थ्य चौकीसंग कुनै पनि बजेट नभएको जानकारी दिदै ईन्चार्ज रावलले गाउँ स्वास्थ्य शाखालाई जानकारी गराएको तर, स्वास्थ्य शाखाले बजेट व्यवस्थापन गर्न नसकेको बताएका छन् ।
बर्तमान सरकारको नीति तथा कार्यक्रमले स्वास्थ्य, शिक्षालाई विशेष प्राथमिकता दिएको बताउदै स्थानीय कृष्णबहादुर मल्लले सन् २०३० सम्म शिशु तथा मातृ मृत्युदरलाई सुन्यमा झार्ने लक्ष्य लिएको सरकारले स्वास्थ्य चौकीमा बत्तिको व्यवस्था गर्न नसक्नु दुखद पक्ष भएको बताए ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले मोवाईल बत्तिको भरमा सुत्केरी गराउने यस्ता एक, दुई वटा केश वा घटना त सुहाउला र पच्ला पनि तर, सधैभरी मोवाईल बत्तिको भरमा महिलालाई सुत्केरी गराउन स्वास्थ्यकर्मीलाई अफ्ठेरो हुने मल्लको भनाई रहेको छ । सिंहदरबारको अधिकार प्राप्त गाउँ सरकारले स्वास्थ्य चौंकीमा तत्काल बत्तिको व्यवस्था गर्नुपर्ने मल्लको तर्क छ । #डिजिटल सञ्चार#
















































। २८ आश्विन २०७७, बुधबार