जाजरकोट । जिल्लाको एक गाउँमा गरिएको वालविवाह वाल सञ्जालको उजुरीले वदर भएको छ । वाल विवाहको दर उच्च भएको कुशे गाउँपालिका वडा नम्वर १ मा वडा वाल अधिकार समिति र वाल सन्जालको पहलमा वाल विवाह रद्ध भएको हो ।
कुशे १ का २४ वर्षका दिपक महतारा र १८ वर्षकी शुसीला चलाउनेले विवाह गर्दा शुसीलाको उमेर नपुगेर वाल विवाह भएको भन्दै वडा वाल अधिकार समिति र वडा वाल सञ्जालको पहलमा उनीहरुको विवाह रद्ध भएको वडाध्यक्ष गोपालवहादुर नेपालीले वताए । उनल,े प्रहरी र वडा वाल अधिकार समितिले दुवै पक्षलाइ कागज गराएर वाल विवाह रद्ध गराउने काम गरेको वताए । उनका अनुसार मुलुकमा लकडाउन सुरु भए देखि ९ वटा जोडीले वाल विवाह गरेको वताए । उनले गत तीन वर्ष देखि वडामा २७ वटा जोडीले वालविवाह गरेको र ती मध्य ७ वटा जोडीको वालविवाह रद्ध गराउने काम भएको वताए ।
उनका अनुसार वाल विवाह गर्ने मध्य अधिकांश वालिकाहरु रहेको र उनीहरुको उमेर १६ देखि १८ वर्षको रहेको छ । यस्त,ै गाउँमा गठन भएको वडा वाल सन्जाल र वडा वाल अधिकार समितिले विभिन्न पहल गर्दा पनि सतप्रतिसत वालविवाह अन्त्य गर्न नसकिएको वताए । वाल विवाहको विरुद्धमा गरिएका प्रयास स्वरुप उमेर पुगेर मात्र विवाह गर्ने १६ जोडीलाइ यस वर्षको वाल दिवसको अवसरमा पुरस्कृत गर्ने काम समेत गरिएको वडाध्यक्ष नेपालीले वताए ।
उक्त पुरस्कारले गाउँमा वालविवाह गर्नेहरुलाइ दुरुत्साहित गर्न सहयोग गरेको उनको भनाइ छ गाउँमा वालविवाहको अन्त्य गर्न आफुहरुले विभिन्न प्रकारका चेतनामुलक गतिविधिहरु सन्चालन गरेको वडा वाल सन्जालकी अध्यक्ष विन्दा चलाउनेले वताइन् ।
उनले अभिभावक र अन्य व्यक्तिहरुको कम्जोरीका कारण वालविवाहको दर वढ्दो रहेको वताइन् ।आफुहरुले गाउँमा कसैले वालविवाह गरेमा प्रहरी र स्थानीय अधिकारीहरुलाइ जानकारी दिने काम गरिरहेको उनको भनाई छ ।
जिल्लामा कुशे गाउँपालिका सवै भन्दा धेरै वालविवाह हुने क्षेत्र मध्य पर्छ । राष्टिय जनगणना २०६८ अनुसार जिल्लामा ५५ प्रतिसत वढी वालविवाह रहेको छ भने पछिल्लो समयमा यो दर वढेर ७० प्रतिसत पुगेको सरोकारवालाहरुको दावी रहेको छ ।
















































। ६ आश्विन २०७७, मंगलवार