कालीबहादुर नेपाली , जाजरकोट । वैदेशिक रोजगारीमा करिब ४५ लाख भन्दा बढी नेपाली कार्यरत छन् । उनीहरु रोजीरोटीका लागि विदेशी गएका हुन् । देशभित्र रोजगारीका अवसर नपाएको भन्दै दैनिक ८ सय नेपाली कामको खोजीमा विदेसिने गरेका छन । सरकारले दशक देखि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाइरहेको छ । २०६२ र ६३ सालपछि विदेशिनेको संख्या सयौं गुणाले बृद्धि भएको सरकारी तंथ्याकले देखाएको छ । आर्थिक वर्ष २०६१ र ६२ मा करिब १ लाखको हाराहारीमा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका थिए । तर, आर्थिक वर्ष २०६२ र ६३ पछि कामको खोजीमा विदेशीने नेपालीको संख्या वार्षिक रुपमा बढिरहेको छ ।
१४ वर्ष यता विदेशिनेको संख्या सयौं गुणाले बृद्धि भएको सरकारी तंथ्याक छ । हाल कतारमा कार्यरत जाजरकोटका गोपाल प्रसाद रसाइली देशमा लोकतन्त्र आएपछि कामको खोजीमा विदेशीने अवस्था आएको बताउँछन् । नयाँ संविधान आएपछि देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छन् भने आशा थियो । तर, त्यस्तो भएन । त्यही भएर कामको खोजीमा विदेशीनु परेको रसाईलीले बताए । सरकारले रोजगारीका अवसर सिर्जना गरेर युवा रोक्ने योजना नभएका कारण अरु देशमा आएर पसिना बगाउनु परेको उनको भनाई छ । यस्तै, कतारमा रोजगारीका कार्यरत बारेकोटका लंकबहादुर नेपाली पनि सविधान निर्माण भएपछि देशमा खासै परिवर्तन नआएका बताँउछन् । ‘सविधान जारी भएपछि कामको खोजीमा धेरै युवा विदेशीएका छन् । सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन प्ररेणा गरिरहेका छ । सविधान आएपछि के भयो त । देश छोडनेको संख्या बढ्दै छ ।’
नेपालीले भने, ‘सविधान त राम्रो बन्यो होला । तर, राजनीतिक कारणले गर्दा कार्यान्वयन भएन । के अर्थ छर यस्तो सविधान दिवसको । जहाँ जनता खुसी छैन । सविधान त एउटा माध्यम मात्र हो । राज्यले काम गर्ने शैली परिवर्तन हुनुपर्छ ।’ नेपाली र रसाईली संग हामीले सामाजिक सञ्जाल मार्फत कुराकानी गरेका हौं । संविधान दिवस विदेशमा गएका नेपालीहरुले समेत मनाउने गरेका छन । यस बर्ष कोरोना महामारीका कारण सयौँ नेपालीले ज्यान गुमाएका छन । गत बर्षको चैत्र महिना देखि विदेशीने नेपालीहरुको तथ्यांक कम देखिन्छ । कोरोना महामारीका कारण अहिले विदेशमा सयौँ नेपालीहरुको ज्यान गएको छ । विदेशीएका नागरिक सरकारले देशमै रोजगारीको व्यवस्था गरेको भए आज अर्काको भुमीमा मर्ने अवस्था आउने थिएन भन्दै दुखेसो पोख्दै आएका छन ।
विदेशमा कोरोना संक्रमणबाट २ सय ४३ नेपालीको मृत्यु
कोरोनाको संक्रमणबाट विदेशमा बस्ने ४३ जना नेपालीको मृत्यु भएको छ । ४३ जना प्रवासी नेपालीको मृत्यु गत पुष्टी भएको गैरआवासीय नेपाली संघ ’एनआरएनए’ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको त्यहाँस्थित राजदूतावासलाई उद्धृत गर्दै गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले उल्लेख गरेको छ ।
योसँगै साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिंह राजपुतले जानकारी दिएको समितिले जनाएको छ । यसका साथै यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले जानकारी दिए ।
कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ ।
हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ । भाद्र २८ गते सम्म गैरआवासीय नेपाली संघको विवरण अनुसार ।
। ६ आश्विन २०७७, मंगलवार