
जाजरकोट । विविसी नेपाली सेवामा कार्यरक्त पत्रकार प्रकाश पन्तले नलगाड नगरपालिका ६ का पहिरो पीडितलाई आर्थीक सहयोग गरेका छन । गत साउन २४ अविरल बर्षाका कारण गएको पहिरोका पीडित परिवारलाई ५ हजार ५ सय रुपैयाँ आर्थीक सहयोग गरेका हुन ।
नेपाल यूवा परिषद जाजरकोटका अध्यक्ष प्रविन विकको विशेष पहलमा पत्रकार पन्तले आर्थीक सहयोग गरेको नेपाल यूवा परिषद जाजरकोटले जनाएको छ । गत साउन २४ गतेको पहिरो पीडित नलगाड नगरपालिका ६ पिउलीका मानबहादुर विकको परिवार अहिले पनि छीमेकीको घरमा बसोबास गर्देै आएका छन ।
घर माथी बाट आएको पहिरोका कारण विकको परिवार विचल्लीमा छ । बस्न र खानाको समस्या भोगिरहेका परिवार अहिले राहत पाउने आशमा बसेका छन । सबै संग सहयोगको अपिलको आग्रह गरेका छन ।
पत्रकार पन्त पत्रकारीता संग समाजसेवामा पनि अग्र देखिन्छन । उनले दु ःखमा परेका नागरिकलाई पटकपटक सेवा गर्दै आएका छन ।
















































। १ आश्विन २०७७, बिहीबार