बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी । मैत्रीपूर्ण क्लब फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले सहज जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्को स्पेनिस क्लब जिरोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जोहान क्रुफ स्टेडियममा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

यस्तै फिलिप कौटिन्होले एक गोल थपे । जिरोनाका सामुएल सैजले एक गोल फर्काए ।

खेलको २१ औं मिनेटमा कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

४५ औं मिनेटमा मेस्सीले गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

त्यसको एक मिनेट पछि नै सामुएलले गोल गर्दै खेल २-१ को बनाए ।

तर, ५१ औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-१ को जित दिलाए ।

तपाईको प्रतिक्रिया