
जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले बजार अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीको संयोजकत्वमा बजार अनुगमन गरिएको हो ।
समाचार प्रभाव
जाजरकोट जिल्ला बाट प्रकाशित हाम्रो पहुँच डटकममा कोरोनाको बहानामा ब्रहमलुट शिषर्कको समाचार प्रकाशित पछि स्थानीय प्रशासनको ध्यानाआकर्षण भई बजार अनुगमन गरेको नागरिक समाजको भनाई छ । कोरोना महामारीका वेला देश आक्रान्त बनेको छ । महामारीको मौका छोपेर बजारमा दैनिक उपभोग्य वस्तुको चरम अभाव सिर्जना भएको छ ।
जिल्लामा समानको अभाव देखाएता पनि यहाँका व्यवसायीहरु उपभोक्ता बाट चर्काे मुल्य असुल्ने गरिएको गुनासो आएपछि जाजरकोटमा बजार अनुगमनको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए । उनका अनुसारर्, बुधबार जिल्लाको शान्तीचौतारा, गैरीखालीका २१ वटा पसलमा अनुगमन गरिएको छ ।
उक्त पसल बाट, म्याद गुजे्रका चाउचाउ, चिउरा,विस्कुट, दालमोट नष्ट गरिएको छ ।’ जिल्लामा सञ्चालित पसलहरु दर्ता भएका छन छैनन, नवीकरण गरेका छन छैनन भन्ने पनि अनुगमन गरिएको प्रजिअ बरालले जानकारी दिए ।
अधिंकाश पसलमा मुल्यसुची राख्ने, साइनवोर्ड टाँस्ने, नवीकरण नभएका पसलहरुको नवीकरण गर्न सल्लाह समेत दिएको उनको भनाई छ । प्रशासनले अनुगमन गरेको सदरमुकाम मै यस्तो बजारको वेथिती भेटिन्छ दुर्गम गाउँमा के होला भन्ने प्रश्न उब्जिएको छ । प्रमुख जिल्ला अधिकारी बरालले भनेर्, जिल्लाका विभिन्न ठाउँमा हामी बजार अनुगमन गछौँ ।’
बजारमा भएको वेथिती रोक्न प्रयास तत्काल गर्ने उनले दावी गरे । जिल्लाका विभिन्न स्थान बाट व्यापारीहरुले ठगी रहेको गुनासो आइरहेको छ । समान छैन भन्दै ग्राहकलाई समान नदिने, लिने भए यति मुल्य हो भन्ने जस्ता काम व्यापारीले गरिरहेको उपभोक्ताको गुनासो छ । जिल्ला भरी नै बजार अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । विहीवार पनि जिल्लाकाे ठाँटीबजार अासपासमा अनुगमन भईरहेकाे छ । बाँकी विवरण अाउन बाँकी छ ।
















































। २५ भाद्र २०७७, बिहीबार