साहित्यकार पुष्कर पराग चन्दका तीन उत्कृष्ट गजल……

          पुष्कर पराग चन्द
भेरी न. पा. ५ जाजरकोट

               गजल

आमा ! देश बचाउनलाई यो छोरा सिमानामा छ
बाँकी एउटा जवान सन्तान झ्यालखानामा छ

 

युद्ध लडेर आएको घाइते एक सिपाहिले भन्यो,
मलाई मेरो भन्दा बडी माया देशको झन्डामा छ

 

सायद म फर्किन्छु या फर्किदैन आस नगर्नु प्रिया,
किन कि यो जीन्दगी मृत्युसैयाको कठघरामा छ

 

म निदाउन सक्दिन यार, छतीमा देश निदाए पनि,
बर्सौ देखि सहिद बाबाको तस्बिर मेरो आखामा छ

           गजल

बिर्सौ भन्छु उसै गरि तिम्रो सम्झनाले

सताई दिन्छ घरी घरी तिम्रो सम्झनाले

बर्सौ देखि बिरामी छ, छाती भित्र मुटु,
बिझाउछ काडा सरी तिम्रो सम्झनाले

सम्हालेर राखेका यी, थोपा थोपा आँसुहरु,
टिल्पिल हुन्छ आखा भरी तिम्रो सम्झनाले

जब तस्बिर कैद बन्यो, मेरो मन मस्तिष्कमा,
कुरा खेल्छन अनेक थरी तिम्रो सम्झनाले ।

                  गजल
फोका हत्केलामा छन,खिल पैतलामा राखेको छु

 त्यसैले मेरो अन्तिम सफर काडामा राखेको छु ।

तिमी मुटुमा खेल्छेउ, मन मस्तिष्कमा खेल्छेउ,

बाँकी प्रत्येक रगतमा मेरा बा, आमा राखेको छु ।

उस्ले तस्बिर नियाल्छ प्रियाको, पर्देशमा आएर,

मैले भने सिङ्गो कर्णाली आखामा राखेको छु ।

आउ तिमी प्रहार गरेर जाउ, सधै-सधैको लागि,
दिल अचानोमा छ, निधार सिसामा राखेको छु

तपाईको प्रतिक्रिया