जनश्रमदान मै ४ किलोमिटर घोरेटो बाटो

No description available.

प्रेम बहादुर विक
जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ का स्थानीयले श्रमदान गरेर ४ किलोमिटर घोरेटो बाटो निर्माण गरेका छन । नगरपालिकाको वडा २ स्थित पुरानो रिसाङका स्थानीयले ४ किलोमिटर घोरेटो बाटो निर्माण गरेका हुन ।

स्थानीयलाई आवतजावत गर्न समस्या परेकोले गाउँका सबै मिलेर ४ किलोमिटर घोरेटो बाटो निर्माण गरिएको स्थानीय टेकबहादुर खड्काले जानकारी दिए । उनका अनुसार गाउँमा घोरेटो बाटो नहुँदा अरुको दर्ता जग्गामा हिड्नुपर्ने, उकालो चढेर विद्यार्थीलाई विद्यालय जानुपर्ने लगायतका समस्या समाधान गर्न बाटो निर्माण गरिएको हो ।

घोरेटो बाटो निर्माण हुँदा गाउँका वृद्धवृद्धा तथा बालबालिकालाई हिड्न सहज भएको स्थानीय भिमा खड्काले जानकारी दिइन । सरकारी पैसा अन्दाजी ५ लाख भन्दा बढिको स्थानीयले श्रमदान गरेका छन । सरकारी खर्च विनै गाउँका स्थानीय ३ लाख भन्दा बढिको मन्दिर समेत निर्माण गरेका मन्दिर व्यवस्थापन समिती सचिव कृपाराम घर्तिले बताए ।

उनले भनेर्, संस्कृति, कला तथा धर्मलाई बचाउन मन्दिरको निर्माण गरिएको छ ।’ बर्षमा दुईपटक पर्ने एकादशी तिथीमा मन्दिरमा भेला भएर भव्य रुपमा पुजाआजा गरिन्छ । राज्यको ढुकुटीमा मात्र भर पर्नु भन्दा पनि हामीले हाम्रो कर्तव्यलाई ख्याल गरी स्थानीय श्रोत साधनलाई प्रयोग गरी सदुपयोग गर्नु आज आवश्यकता हो ।

पत्रकार विक रेडियो खलंगा एफ.एममा समेत आवद्ध छन ।

 

तपाईको प्रतिक्रिया