बारेकोटमा प्राविधिक शिक्षालय,काेराेनाकाे कहर सकिए लगतै सञ्चालनमा

जाजरकोट ।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नं १ मा प्राबिधिक शिक्षालय स्वीकृत भएको छ । सामुदायिक बिद्द्यालयमा प्राबिधिक शिक्षा महाशाखा सानोठिमी,भक्तपुरको कार्यक्रम अनुसार कालिका आदर्श मा.बि मा प्राबिधिक एस.एल.सी. तहको (१८ महिने ) सिभिल इन्जिनियरिङ्ग बिषय पढाई हुने भएको हो ।

उक्त कार्यक्रम प्राबिधिक शिक्षाको पहुँच नपुगेका स्थानीय तहमा प्राबिधिक शिक्षा संचालन गर्ने,प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुरको कार्यक्रम अन्तर्गत आबेदन पेश गरी स्वीकृत भएको कालिका आदर्श मा.बि.रामिड़ाँडाका प्रधानध्यापक पृथ्वीराज ज्योतिले जानकारी दिए ।

एक स्थानीय तहमा एक प्राबिधिक शिक्षालयको नीति अनुरुप यस गाउँपालिकाबाट बारेकोट गाउँपालिका वडानं.१ को कालिका आदर्श मा.बि.ले कार्यक्रम स्वीकृत पाएको प्रधानध्यापक ज्योतिले जानकारी दिए । उनले भने, अब बारेकोटमै प्राबिधिक शिक्षा पढ्न चाहने बिद्द्यार्थीहरुले कम शुल्कमै प्राबिधिक एस.एल.सी. तहको (१८ महिने ) सिभिल इन्जिनियरिङ्ग बिषय पढ्न पाउने छन ।

विद्यालयमा आवश्यक भौतिक पुर्वाधार भएकोले सञ्चालनमा समस्या नभएको उनको भनाई छ । प्राक्टिकलका लागी आवश्यक पर्ने सम्पूर्ण सामानहरु समेत खरिद भईसकेको ,लकडाउनका कारण प्राबिधिक शिक्षालय संचालन गर्न कठिनाई भएको र लकडाउन खुले लगत्तै शुल्क समिति गठन गरी भर्ना शुल्क तथा मासिक र बार्षिक शुल्कको निर्धारण गरि प्रवेश परिक्षा लिई पढाई संचालन गरिने उनले बताए ।  बारेकोट मै प्राविधिक शिक्षालय सञ्चालन हुनु गर्वको कुरा नभएको बारेकोटबासीको भनाई छ ।

यो सामग्री पत्रकार कालीबहादुर बुढाको सहयोगमा तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया