चौरजहारीमा नेपाल बैंकको शाखा स्थापना, आजदेखि औपचारीक रुपमा कारोवार सुरु

ज्ञानु गौतम रुकुम (पश्चिम) / नेपाल बैंक लिमिटेडले नेपाल सरकारको वित्तीय पहुँच तथा समावेशिता अभिवृद्धि गर्ने नीतिमा सघाउने उद्देश्यले दुर्गमदेखि सुगमसम्मका स्थानमा शाखा विस्तारलाई जोड दिँदै आएको छ । यसैक्रममा रुकुम पश्मिको चौरजहारी नगरपालिकामा नेपाल बैंकले आज आफ्नो १८७ औं शाखा विस्तार गरेको छ ।

शाखा विस्तार संगै चौरजहारी शाखाले आजदेखि औपचारीक रुपमा रकम जम्मा, निकाल्न मिल्ने र अन्य कारोवार सुरु गरेको हो । शाखाबाट अब सहुलियतपूर्ण तथा अन्य व्यावसायिक कर्जा, निक्षेप तथा रेमिटान्स लगायत सम्पूर्ण आधुनिक बैकिङ्ग सेवा र सुविधाहरु उपलव्ध हुने बैंकका शाखा प्रमुख रुपक ढकालले जानकारी दिनुभयो । कोरोना महामारीका विच हामिले औपचारीक कार्यक्रम गरेनौ तर यो समयमा सेवा ग्राहिलाई सुविधा दिनुपर्छ भनेर कारोवार सुरु गरेका छौ शाखा प्रमुख ढकालले भन्नुभयो ।

शाखा प्रमुख ढकालका अनुसार नेपाल बैकले ‘सेवा क्षेत्रलाई शहरी एवं ग्रामीणभेग र वित्तीय पहुँच नपुगेका स्थानमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्र नहेरी सामाजिक उत्तरदायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको छ । नेपाल बैंक चौरजहारीमा स्थापना भएपछि यहाँका नागरिक, व्यवसायिकहरुले खुसिव्यक्त गर्दे वित्तिय कारोवार छिटो र छरितो ढङ्गबाट सञ्चालनहनुपर्ने बताएका छन ।

तपाईको प्रतिक्रिया