बस्ने छैन बास, खाने छैन गास,छाप्रोमुनी भगवानको आस !

कालीबहादुर नेपाली

No description available.

                         तस्वीर  प्रेम विश्वकर्मा

जाजरकोट । मान्छेको जीवनमा सोचेको सायद कसै(कसैको मात्र हुन्छ । अधिकाशं मानिसले जिन्दगीमा सोचेको कहिले पनि पुरा गर्न सक्दैनन् र पुरा पनि हुदैन । कसैको बाल्यकाल सुखसयलका साथ वित्छ भने बुढेसकालमा दुःखले सजिएको हुन्छ । यस्तै मध्येकि पात्र हुन् छेडागाड नगरपालिका निवासी सुकिलाराह नेपाली अर्थात (च्यारु) उनको जीवन पनि कल्पनाको गरेकोे भन्दा वेग्लै वितेको छ ।

पन्ध्र बर्षको उमेरमा आफ्नो घर परिवार वावुआमा छोडेर जाजरकोट जिल्लाका तत्कालिन राजाको दास अर्थात नोक्कर बनेर उनको जिवनको आधा समय वित्यो । त्यति वेला राजाले आफनो घरमा तथा दरवारमा गरिने सबै काम गर्न उनलाई लगाउथ्ये । उनको जिन्दगी पनि त्यो समयमा सुखमयका साथ वितेको थियो ।

त्यस समयमा उनलाई विहेको पनि कुरा नै भएन । राजा संग जाजरकोटका विभिन्न ठाउँमा घुमेर उनको जिवन वित्यो । जवकी राजाको मृत्यु पश्चात् उनको जीवन दुःखका साथ वित्न थाले ।नेपालमा राजतन्त्रको अन्त्य भइ प्रजातन्त्रको स्थापना भयो । अर्थात राजाका दास तथा नोक्कर राख्ने चलन मात्र होइन, राजाको शासन नै सकियो ।

३२ बर्ष सम्म राजाको साथमा उनी रहिन् । आज भोली उनी जाजरकोटको भेरी नगरपालिकाको पिपलडाँमा एउटा सानो छाप्रोमुनि बस्छिन् । उनले कुराकानी गर्दै आँसुको भेल संगै भनिन् “यो छाप्रो बनाइदिने मान्छे कोही पनि पाइर्दैनन् । उमेरले म ६० बर्षकी भए काम गर्न निकै समस्या हुन्छ । खाउ भने थैलोमा गास छैन,बस्नलाई राम्रो बास छैन, वावु रुदै‘‘‘.. । उनकै भाषामा उनले भनिन् बर्खामा पानीको तलाउ हुन्छ हिउँमा चिसोले थुरथुर काम्दै मेरा दिन वित्छन् । आजभोली वर्खा लागेको छ यो ठाउँमा सर्पको डर बढ्दै गएको छ । अस्ति मात्रै एउटा सर्प मेरो नजिक आयो र भग्वान संग प्रार्थना गरे पछि भागेको थियो ।

हामीले उनलाई सोधेका थियौ ,खानाको कसरी व्यवस्था गर्नुहुन्छ ? यो प्रश्नमा पनि उनको आँखाको आँसु रोकिन सकेन र वरवर आँसु खसाल्दै उनले भनिन् कसैले दया मानेर ल्याइदिएको खान्छु कहिले त भोकै सुत्ने गरेकी छु ।” स्थानीयको सक्दो काम गरिदिन्छु उनीहरुले एकमुठी चामल दिन्छ्न र त्यही पकाएर खाने गरेकि छु । राती सुतेको समयमा बाहिर स्याल कराए पनि मेरो मुटुले थात छोडिसकेको हुन्छ ।

उनलाई हामीले अर्काे प्रश्न पनि गरेका थियौँ कसरी बस्नुहुन्छ यस्तो ठाउँमा उनले “तपतप आँसु चुहाउँदै वावु हेर मैले भगवानको तस्वीर राखेकी छु । हुनत यो छाप्रो भित्र मुसाको घर अर्थात दुलैदुला छन् सर्पको डर पनि उतिकै छ त्यसै बाट बच्न मैले सधैँ विहान पाँच बजे उठ्ने गरकी छु । अनि साँझ फेरी पनि भगवानलाई पुजा गर्दै बस्ने गरेकी छु भगवानको आसमा छु ।”

उनले थप प्रसंगमा आफैँले भनिन् ”म स्थानीय सरकार अर्थात नगरपालिका बाट त्रिपाल, अन्नपात तथा लुगा कपडा पाइन्छ भनेर नगरपालिकाको कार्यालय सम्म पुगे कार्यालयकी एकजना कर्मचारीले आमा हजुरको काम हुदैन् भने पछि मेरो मनमा झन ठुलो पिडा भएको उनले बताइन् ।“

No description available.

च्यारु मात्रै होइनन् देशमा भएका यस्ता वृद्धवृद्धाहरुलाई उचित वास गासको व्यवस्था गर्न, सकियो भने मानवीयताको धर्म निभाउन कुनै अप्ठ्यारो नपर्ला । वृद्ध तथा विभिन्न पीडित पक्षलाई स्थानीय सरकारले सेवा सुविधाको व्यवस्था गरिदिए उनीहरुको अधिकार सुनिश्चित हुन्थ्योकि ?

No description available.

भिडियाे हेर्न याे लिक खाेलनुहाेस ।

तपाईको प्रतिक्रिया