पहिरो प्रभावितलाई २३ लाख बराबरको समान हस्तान्तरण

No description available.

जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकामा रहेका पहिरो प्रभावितलाई २३ लाख बराबरको समान हस्तान्तरण गरिएको छ । केयर नेपालको आर्थीक सहयोगमा पहाडि क्षेत्र विकास अभियान जाजरकोटद्धारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले २३ लाख बराबरको समान हस्तान्तरण गरेको हो ।

No description available.

प्रभावित स्थानीयलाई कम्बल, म्याट, भाँडाकुडा सरसफाई लगायतका समाग्री हस्तान्तरण गरिएको सुआहारा दोस्रो कार्यक्रमका फिल्ड सुपरभाइजर प्रेम गिरीले जानकारी दिए । गत असार २५ गते आएको पहिरोका कारण गाउँपालिकाका झन्डै १ हजार २ सय २ जना प्रभावित छन ।

No description available.

उनीहरु यतिवेला सरकारको राहतको प्रखाईमा बसीरहेका छन । यस्तो अवस्था संस्थाले सहयोग गर्नु ज्यादै राम्रो भएको गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीले बताइन । विषम परिस्थितीमा पनि यो उत्तम काम गरेकोमा केयर नेपाल र पहाडी क्षेत्र विकास अभियानलाई धन्यवाद व्यक्त गरिन ।  यी सामाजिक संघ संस्था जस्तै राहतको प्रखाईमा बसेका स्थानीयलाई सबैले सहयोग गर्नुपर्ने देखिन्छ ।

No description available.

 

तपाईको प्रतिक्रिया