
कालीबहादुर नेपाली
जाजरकोट । आहा, कति सुन्दर झरना । देख्ने सबले यसै भन्छन । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन । बारेकोट गाउँपालिका ८, लैखम गाउँ नजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ ।
बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । लैखम गाउँबाट करिब ७ सयमिटर दक्षिण पुर्वमा रहेका झरनाको बनावट अनौठो खालको रहेको छ । आवश्यक प्रचारप्रसारको नहुँदा यो क्षेत्र ओझेलमा परेको स्थानीय मानबहादुर खत्रीले बताए । सरोकारवाला निकाय र स्थानीय सरकारको गतिलो ध्यान नपुग्दा झरना क्षेत्रको उचित संरक्षण हुन सके पर्यटन प्रवर्धनमा ठुलो टेवा पुग्ने थियो खत्रीले भने ।
माथिबाट सिधा बगेर झरेको पानीले झरनाको थप आक्रशन बढाएको छ । झरनाको दृष्य हेरिरहुँ लाग्ने खालको रहेको छ स्थानीय रामचन्द्र शर्माले बताए । उनले भनेर्, यहाँ दुई वटा झरना रहेका छन जसम तल्लो रापानी झरना र माथिल्लो रापानी झरना ।’ छेउमै कलकल वग्ने नलसिंहगाड खोलाको सुन्दरता संगै खुल्ला अनि वरीपरी हरिया पहाडहरुको विचमा रहेको झरना क्षेत्रलाई जिल्लाकै उत्कृष्ट एवम आकर्षक पर्यटकीय स्थल रहेको बारेकोटका भीमबहादुर नेपालीले बताए ।
शनिबार तथा विदाको समय झरनामा पुगेर फोटा खिच्ने तथा समाउने युवायुवतीहरुको संख्या पनि ठुलै हुन्छ सिंहले भने । झरनासम्म पुग्नका लागि पक्की घोरेटो बाटो र मान्छेहरु हिड्ने सहज पैदल मार्ग निर्माण गर्नुपर्ने स्थानीयले जोड गरे । झरनाको उचित प्रचारप्रसार गर्न सके जिल्लाकै नमुना झरना बन्न सक्ने छ । ७ सय बर्ष पहिले खगेनकोटी राजा सिकार खेल्न गएको बेला उक्त झरनाको पानी पिएको किंबदन्ती छ ।
राजाले पिएको पानी भएको हुदा यस झरनाको नाम रापानी झरना रहन गएको झरनाका जानकारहरु बताउँछन् । समुद्री सतहदेखि करिब १ हजार मिटरको उचाइमा रहेका तल्लो झरनाको लम्बाई झण्डै ८० मिटर छ भने माथिल्लो झरनाको २ सय मिटर छ । झरना नजिकैबाट छर्लङ देखिने बारेकोट प्रवेश गर्दाको खाँरागल्छी, झरनाको तलबाट सुसाउदै बग्ने नलसिंहगाड खोला, वरिपरी रहेको हरियो वन जंगलले यस क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा कस्तुरी मृग, घोरल, बँदेल, झारल, चिरकालिज, कालिज, डाँफे जस्ता विभिन्न जंगली जनावरहरु तथा पंछीहरु देख्न सकिन्छ ।
यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । बारेकोट गाउँपालिका क्षेत्रमा ओझेलमा परेका थुप्रै पर्यटकीय स्थलहरु रहेका र तीनीहरुको प्रचारप्रसारमा गर्न गाउँपालिका लागि परेको गाउँपालिकाका उपाध्यक्ष ओमा शाहीले बताइन । लैखमको रापानी झरना हेर्न गाउँका स्थानीयहरु झरना स्थल पुगेर रमाउने गरका छन । यस क्षेत्रको विकास गरी आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउनु पर्नेमा स्थानीयको जोड छ । भेरीमालिका दैनिक
















































। ११ श्रावण २०७७, आईतवार