मनकारी धनबहादुर, जसले गरे पहिरो प्रभावितलाई दश हजार सहयोग

जाजरकोट । गत असार २५ गते बारेकोट गाउँपालिका भित्रका पहिरो प्रभावितलाई एक मनकारी सोच भएका यूवाले सहयोग गरेका छन ।

जिल्लाको बारेकोट गाउँपालिका घर भई हाल मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा डिग्री अध्ययन गर्ने मनकारी सोच भएका धनबहादुर नेपालीले पहिरो प्रभावितलाई १० हजार १ सय रुपैयाँ सहयोग गरेका हुन । उनले पटकपटक बारेकोट गाउँपालिकाका विभिन्न विषयमा सहयोग गर्दै आएका छन । असार २५ गतेको पहिरो प्रभावितलाई गास, बास, कपासको अभाव भएको र अहिले समस्या भई रहेको विभिन्न सञ्चार माध्यममा समाचार आएपछि मनकारी सोच भएका नेपालीले आफुले सहयोग गर्न प्रेरणा जागेको बताए ।

पहिरो प्रभावितहरु अहिले निकै विचल्लीमा छन । खाना बस्न नपाई एक जनाले त्रिपाल भित्रै संसार छोडेका थिए । राज्यको नजर नपुगेको बारेकोटबासीका लागि सबैले सहयोग गर्नुपर्नेमा उनको जोड छ । मन्त्री आए त्रिपाल खसालेर गए, सांसद आए त्रिपाल खसालेर गए तर बारेकोटका प्रभावितलाई कसैले राहत वितरण नगरेको स्थानीयको आरोप छ । यस्तो विषम परिस्थितीमा सबै मनकारी सोच भएका यूवाहरुलाई सहयोगका लागि अपिल पनि गर्दछौ ।

विपत्ती बाजा बजाएर आउँदैन । समयमै सर्तक अपनाउने हो भने बच्न भने पक्कै सकिन्छ । सहयोगीदाताहरुको हात कुर्दै बसेका प्रभावितलाई सहयोग गर्न आवश्यक छ । थप सल्लाह सहयोगका लागि धनबहादुर नेपालीको सम्पर्क नम्बर ९८४८१६५०९० मा फोन गर्नुहोला ।

तपाईको प्रतिक्रिया