दिवा खाजा विद्यार्थीको घरघरमा,  जाजरकोटका २५ हजार ७ सय विद्यार्थीले पाउने

जाजरकाेट । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग मा सञ्चालित शिक्षाका लागि खाद्य परियोजना मार्फत जिल्लाका ५ वटा स्थानीय तहका विद्यार्थीको घर घरमा दिवा पु¥याउने भएको छ ।

कोरोना भाइरस महामारीका कारण देशव्यापीरुपमा विद्यालय बन्दरहेको अवस्थामा विद्यार्थीहरुलाई घरमै खान मिल्ने गरी खाद्यान्न उपलब्ध गराइएको हो  । प्रति विद्यार्थी ७ केजी चामल, २ केजी दाल र ०।५ लिटर तेल  उपलब्ध गराइएको छ । कुल २०२ आधारभूत विद्यालयका ९ कुशे गाउँपालिका (३९ बारेकोट गाउँपालिका (३७ जुनिचाँदे गाउँपालिका(५३, नलगाड नगरपालिका (६१ र छेडागाड नगरपालिका १२० २५ हजार ७ सात सय २० विद्यार्थीहरुलाई घरघरमै दिवा खाजा वितरण गरिने भएको छ ।

विगत २० बर्षदेखि विश्व खाद्य कार्यक्रमले यस जिल्लामा विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस सँगसगै विद्यालय स्वास्थ्य तथा सरसफाई कार्यक्रम, प्रारम्भिक तह पढाइ कार्यक्रम, विद्यालय पूर्वाधार विकास कार्यक्रम र प्रविधी शिक्षा कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन् । हाल कोरोना कहरका कारण कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण गतिबिधिहरु स्थगित गरिएका छन् । यस विषम परिस्थितिमा विद्यार्थीहरुले विद्यालयमा उपस्थिति भई खाजा खान नपाइरहेको तथ्यलाई मध्यनजर गर्दै घरमै खान मिल्नेगरी दिवा खाजा उपलब्ध गराइएको शिक्षाका लागि खाद्य परियोजना इकाइ कार्यालय जाजरकोटका प्रमूख क्रृषिराम विमलीले जानकारी दिए  ।

वर्तमान स्वास्थ्य संकटको परिस्थितिलाई समेत ध्यान दिदै प्रयाप्त स्वास्थ्य सावधानीहरु अपनाई वितरण प्रक्रियालाई सहज र प्रभावकारी बनाउनका लागि सम्बद्ध निकाय, साझेदार संस्था एकिकृत विकास समाज नेपाल र पाँचतारा युवा संरक्षक मंच सँग पनि समन्वय भइरहेको समेत उनले बताए ।

झिकाउ, टिकाउ र सिकाउ मात्र नभई दिवा खाजाले विद्यार्थिको पोषण स्वास्थ्यमा पनि प्रत्यक्ष असर पार्ने भएकोले यसको प्रभावकारीता अझै बढदै गइरहेको छ । हाल ४३ जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्ने गरी नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट वक्तव्य मार्फत बजेट सुनिश्चित गरेको छ । यस कारण पनि दिवा खाजा कार्यक्रम नेपाल सरकारको प्राथमिकता प्राप्त क्षेत्र भएको तथ्य इकाई प्रमूख विमलीको भनाई छ ।

 

तपाईको प्रतिक्रिया