एसिया कप क्रिकेट एक वर्ष स्थगित

एजेन्सी । एसिया कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता एक वर्ष पछि सरेको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बिहीबार एसिया कप क्रिकेट एक वर्ष स्थगित गरिएको जनाएको छ ।

कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको एसीसीले जनाएको छ ।

एसीसीले एसिया कप सन् २०२१ को जुनसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

यस अघि प्रतियोगिता यस वर्षको सेप्टेम्बरमा पाकिस्तानमा हुने तय भएको थियो ।

प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान र एक छनोट भएर आउने टोलीबीच प्रतिस्पर्धा हुने तय छ ।

तपाईको प्रतिक्रिया