स्वास्थ्य कार्यालय मैँ छैन कोरोना अभिलेख, कार्यालय भन्छ प्रहरीलाई सोध्नुहोस ?

जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा कोरोनाको अभिलेख नरहेको पाइएको छ ।  जिल्लामा कोरोना संक्रमित कति ? कोरोनालाई जितेर घर फर्केका कति भनेर सोध्दा स्वास्थ्य सेवा कार्यालयमा कुनै अभिलेख नरहेको पाइएको हो । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोरोना फोकल प्रशन कृष्ण खत्रीले स्थानीय तह संग समन्वयनको अभावले कुनै अभिलेख नरहेको स्वीकार गरे ।

उनले भने, “हामी संग कुनै किसिमको डाटा छैन । हाम्रो डाक्टर सावलाई थाहा होला । उहाँलाई पनि पुरै डाटा थाहा नहुन सक्छ । डाटा प्रस्ट प्रहरी संग माग्नुहोस ।” कोरोना भाइरस स्वास्थ्य सम्बन्धी रोग भएकोले सम्बन्धीत कार्यालय मै डाटा नहुनु भनेको सरकारी कार्यालयको गैरजिम्मेवारपन काम होइन भन्न सकिन्न ।

अभिलेख कस्ले राख्ने प्रहरी की स्वास्थ्य कार्यालय ?
स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल प्रशनले अभिलेख प्रहरी संग माग्नुहोस भनेपछि जानकारहरुलाई अभिलेख को संग माग्ने भन्ने दुविधा भएको छ । स्वास्थ्य कार्यालय बाट अभिलेख मागेपछि प्रहरीले आफु भन्दा माथिल्लो निकायलाई जानकारी दिनुपर्छ । तर यहाँ त प्रहरी कार्यालय बाट स्वास्थ्य सेवा कार्यालयले अभिलेख लिनुपर्ने पो देखियो ? स्वास्थ्यका सबै किसिमका अभिलेखहरु स्वास्थ्य सेवा कार्यालयले राख्नुपर्ने जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख किशोर कुमार श्रेष्ठले जानकारी दिए ।

कति छन् कोरोना संक्रमति जाजरकोटमा ?
जाजरकोट जिल्लामा जम्मा १८ जना कोरोना संक्रमित रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटको अभिलेखमा उल्लेख गरिएको छ । जस अन्तर्गत जना उपचार पछि घर फर्किए भने ९ जनाको आइसोलोसनमा उपचार भइरहेको छ । ३ हजार ८ सय ८२ जना नागरिकहरु क्वारेन्टाइनमा बसेर फिर्ता भएका छन् ।

हाल जिल्लाका विभिन्न क्वारेन्नटाइनमा १ सय ४३ जना क्वारेन्टाइनमा रहेका छन । जस मध्ये महिला १६ जना र पुरुष १ सय २० पुरुष रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जाजरकोटमा कोरोनाको अभिलेख कुनै सरकारी निकाय संग भने छैन । जिल्लाका जुनीचाँदे र कुशे गाउँपालिकामा कोरोना संक्रमित नै छैनन् । # भेरीमालिका दैनिक #

तपाईको प्रतिक्रिया