
जाजरकोट । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न छेडागाड नगरपालिकाका वडाध्यक्षहरुले सावुन वितरण गरेका छन् । नगरपालिका भित्रका १३ वटै वडाका अध्यक्षहरु घरघरमै पुगेर कोरोना भाइरसबाट बाच्ने उपाय सहित सावुन वितरण गरेका हुन् ।
नगरप्रमुख लालबहादुर महताराको निर्देशनमा सवै वडाका वडाअध्यक्षहरु प्रत्येक स्थानियको घरमै पुगेर सावुन वितरण गरेको १० नम्बर वडाका अध्यक्ष रामबहादुर पुनले जानकारी दिनु भयो ।
स्वास्थ्यकर्मी सहितको टोलीले यस महामारीबाट बच्न सरसफाइमा ध्यान दिनुको साथै भिडभाडमा नजान आग्रह गरेका छन् । प्रतिघर एक गोटाका दरले सावुन वितरण गरिएको टोलीमा संलग्न १० नम्बर वडाका सचिव पवन थापाले जानकारी दिनु भयो ।
















































। २४ चैत्र २०७६, सोमबार