आफ्नै लगानिमा मास्क र सावुन बाँडे कुशेका एक वडाध्यक्ष र युवाहरु

जाजरकोट । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट बच्न कुशे गाउँपालिकाको एक वडाका युवाहरु वडाध्यक्ष संग मिलेर मास्क र सावुन वितरण गरेका छन् ।

कुशे गाउँपालिकाको वडा नम्बर ४ का अध्यक्ष कृतिबहादुर शाही संग मिलेर त्यहाँका युवाहरुले वडावासीलाई मास्क र सावुन वितरण गरेका हुन् ।

सोही वडावासी नवराज शाही लगायतका युवाहरु र वडाध्यक्ष शाहीले आफ्नै लगानिमा २१ सय मास्क र ४३२ थान सावुन वितरण गरेका हुन् । शुक्रवार वडावासीको घरघरमा पुगेर मास्क र सावुन वितरण गरिएको युवा नवराज शाहले जानकारी दिनु भयो ।

कोरोनाको महामारिबाट बच्न सरसफाइमा ध्यान दिनुको साथै भिडभाडमा नजान उहाँहरुले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया