
सल्यान : शनिबार राति परेको चट्याङका कारण सल्यानमा २ वटा घरमा क्षति भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका २ मेलचौर निवासी धनीराम चलाउनेको दुई घरमा चट्याङले क्षति पुर्याएको हो ।
शनिबार राती परेको चट्याङले चलाउनेका २ वटा घर र घरमा रहेका केही सामानहरुमा क्षति पुगेको छ। चट्याङ लागेर घरको भुइँतला जलेको छ ।
भुईतलाको एउटा कोठामा रहेको सोलार र कपडा समेत जलेको चलाउनेले जानकारी दिए। चट्याङ पर्दा घरको भित्ता चर्किएपनि मानवीय क्षती भने नभएको स्थानीय राजेश डाँगीले बताए।
















































। २ चैत्र २०७६, आईतवार