जाजरकाेट । यस बर्ष जाजरकोट जिल्लाबाट ४ हजार बढी विधार्थीहरु माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागि हुने भएका छन । आउने चैत्र ६ गते देखि संचालन हुने माध्यमिक शिक्षा परिक्षा (एसइइ) मा कुल ४ हजार ९ जना विधार्थीहरु सहभागि हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका निमित्त प्रमुख अमृता अधिकारीले जानकारी दिइन ।
लेटर ग्रेडिंग प्रणालीवाट नतिजा सार्वजनिक हुने (एसइइ) परीक्षामा नियमित तर्फ ३ हजार ८ सय १३ जना, ग्रेडवृद्धि परीक्षातर्फ १ सय ९६ जना र खुला तर्फ २५ जना परीक्षार्थीहरु सहभागि हुने निमित्त प्रमुख अधिकारीको भनाई छ । यस वर्ष जाजरकोटमा एसइइ परीक्षाको लागि दुइ वटा परीक्षा केन्द्रहरु थप गरिएको छ । यो वर्ष सरस्वती माध्यमिक विद्यालय पुन्मा र इन्द्रज्योति माध्यमिक विद्यालय साल्मामा नयाँ केन्द्र तोकिएको निमित्त इकाइ प्रमुख अधिकारीले जानकारी दिइन् । यसरी जिल्लामा माध्यमिक शिक्षा परीक्षा २१ वटा केन्द्रमा सन्चालन हुने छन । जिल्ला परीक्षा समन्वय समितिले परीक्षा सन्चालनको लागि केन्द्राध्यक्षहरुको नाम तोकिसकेको छ भने उनीहरुको अभिमुखीकरण चैत्र २ गतेका लागि तएगरिएको छ ।
जिल्लाको त्रिभुवन माध्यमिक विद्यालय केन्द्रका लागि हरिवहादुर वस्नेत, जनता माध्यमिक विद्यालय पैंक केन्द्रका लागि इस्वरी विक, जनप्रिय माध्यमिक विद्यालय दसेरा केन्द्रका लागि टेकवहादुर थापा, वीरेन्द्र माध्यमिक विद्यालय जुंगाथापाचौर केन्द्रका लागि शेरवहादुर खत्री,
सरस्वती माध्यमिक विद्यालय सीमा केन्द्रका लागि मणिराम पोख्रेल, वीरेन्द्र ऐस्वर्य माध्यमिक विद्यालय लिम्सा केन्द्रका लागि गोरखवहादुर सिंह, दिपेन्द्र माध्यमिक विध्यालय सक्लाकालागी भक्त बहादुर वली, त्रिभुवन माध्यमिक विद्यालय दल्ली केन्द्रका लागि ज्ञानेन्द्रवहादुर सिंह, वीरेन्द्र हिमालय माध्यमिक विद्यालय तल्लु केन्द्रका लागि चन्द्रवहादुर केसी, शिवपुरी माध्यमिक विद्यालय गर्खाकोट केन्द्रका लागि कमल थापा, आदर्श माध्यमिक विद्यालय लुहादह केन्द्रका लागि गणेश केसी, पंचला माध्यमिक विद्यालय दहका लागि खड्क बहादुर घर्ती, शिव शंकश माध्यमिक विद्यालय जगतिपुरकालागि सनत प्रसाद शर्मा, वाल माध्यमिक विद्यालय झाप्रा केन्द्रका लागि कमलराज वस्नेत, नारायणी माध्यमिक विद्यालय कार्कीगाउँका लागि गणेश बहादुर बस्नेत, मान्यढुंगा माध्यमिक विद्यालय टालेगाउँका लागि अशोककुमार शाह, लक्ष्मी प्राप्ती माध्यमिक विद्यालय खुर्पा केन्द्रका लागि दिनेशकुमार सिंह, शिव माध्यमिक विद्यालय कालेगाउँका लागि तिलकवहादुर खत्री, इन्द्रज्योति माध्यमिक विद्यालय साल्मा केन्द्रका लागि माया वोहोरा, बागेश्वरी माध्यमिक विद्यालय पजारुका लागि दिप बहादुर कार्की, सरस्वती माध्यमिक विद्यालय पुन्मा केन्द्रका लागि प्रकाश दाहाललाइ केन्द्राध्यक्ष तोकिएको शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटले जनाएको छ ।
परीक्षालाइ मर्यादित बनाउनको लागि परीक्षा अनुगमन तथा निरीक्षणको कामलाइ प्रभावकारी वनाउने निर्णय गरिएको परीक्षा समन्वय समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले वताए । उनले जिल्लाका २१ वटै परीक्षा केन्द्रहरुमा परीक्षा समन्वय समितिको टोलीले प्रभावकारी अनुगमन गर्ने वताए । परिक्षामा चिट चोर्ने, चिट चोराउने, कापी घुसाउने जस्ता परीक्षाका अमयर्यादित कार्यगर्ने जो कोहिलाई पनि कानुनअनुसार कठा कारबाही हुने प्रजिअ पन्तको भनाई छ ।
















































। २ चैत्र २०७६, आईतवार