प्रकाश रोकाय
जाजरकाेट । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले संगठन सुदृढ तथा बिस्तार अभियान कार्यक्रम लिएर जनतालाई क्रान्तिका भाब छर्दै ग्रामीण बस्तिहरुमा पुगेको छ ।
त्यसकै शिलशिलामा एरिया नं. १ को गर्छिनामा कार्यक्रम सम्पन्ना भएको छ । कार्यक्रमको सभाअध्यक्ष अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष क. बिजय शाहिले गरेका थिए ।उक्त कार्यक्रमको प्रमुख अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय सद्स्य क. निर्मल र त्यसै गरि अथिती एरिया नं. १ का इन्चार्ज क. महान, युवा संगठन नेपाल जाजरकोटका जिल्ला अध्यक्ष क. बिवश, र कार्यक्रमको संचालन अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचिव क. समीप शाहले गरेका जानकारी दिए । संसदीय ब्यावस्थाले जनतालाई भ्रम मात्रै सृजना गरेको छ । र यो ब्यबस्थालाई मिल्काउँदै बैज्ञानिक समाजवाद स्थापना गर्न सबै जाेड दिएका थिए । जस्तो सुकै चुनौतीलाई पनि सामाना गर्न तयार रहेको युवा संगठन जाजरकोटका जिल्ला अध्यक्ष क. बिबशले बताए ।
त्यसैगरी भेरी कर्णाली जन सास्कृतिक (कलाकार) परिवाको पनि बेजोड प्रस्तुति रहेको थियो । गितद्वारा जनतालाई क्रान्तिका सन्देश छर्दै सयौं जनता माझ प्रस्तुत गरेका थिए ।
















































। २४ फाल्गुन २०७६, शनिबार