कर्णालीमा कोरोना त्रास मुगुका नाकामा हेल्प डेस्क राखिने

खड्क सुनार रेडियो सौर्यदय एफ.एम मुगु गमगढी
कर्णालीका जिल्ला लगायत मुगुमा कोरोना भाइरस भित्रन नदिन सीमा क्षेत्रमा नाकामा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले मुगुमा भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर जाँच गर्ने बताएको छ ।

कोरोनाबाट जोगिन ती नाकामा हेल्थ डेस्कसमेत स्थापना गर्न थालिएको छ । कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्ला बाट आवतजावत गर्ने व्यक्ति जिल्लाका ३ वटा नाकामा जाँचमा कडा गरिने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

चीनसँग सिमाना जोडिएको हुम्ला जोड्ने छायानाथ रारा नगरपालिका वडा नं १२ चंखेली सडक खण्डको बाम , हवाई वाट भित्रिने रारा ताल्चा विमानस्थल , जुम्ला जिल्ला बाट भित्रिने छायानाथ रारा नगरपालिका वडा नं ७ पिना गरी ३ ठाउमा हेल्प डेस्कको स्थापना गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो ।

उहाका अनुसार भोली बाट यि स्थानहरुमा हेल्प डेस्कको स्थापना गर्नेे बताउनु भयो । अहिले कर्णालीमा खासै यसको प्रभाव त छैन त्यसमा पनि नागरिकहरु लाई सचेत रहुन भनि हेल्प डेस्क स्थापना गरिएको निरौलाले बताउनु भएको छ । साथै बाजुराबाट भित्रिने खत्याड गाउँपालीकाको झुगालामा हेल्प डेक्सको व्यवस्था गरिने छ ।

तपाईको प्रतिक्रिया