हावाहुरी बाट लाखौंको क्षेती

टेक राज पुन _रुकुम पश्चिम आठविसकोट नगरपालिकाका विभिन्न ठाँउहरुमा घरका छाना ,तथा स्कुलहरुको छाना उडाएको छ । राडी बजारको क्याम्पस रोडमा रहेको लक्ष्मीनाराण फर्निचर उद्योगमा शुत्रवार साँझ आएको हावाहुरीले करिव ३ लाख ५० हजारको सामानमा क्षती पुगेको फर्निचरका सञ्चालक होम प्रकाश शाहले जानकारी दिनु भयो ।

हावारीहुले सामनहरुमा फोरमार्ईका ११ वटा सनमाइका ९ वटा, बक्स पलङ २ वटा, सादा पलङ १वटा, सोफा ३ वटा, डाइनिङ टेवुल १ सेट, बक्स खाट ३ वटा पलाई ९ वटा र टिनको घुम्ति १ वटा गरि जम्मा ३ लाख ५० हजार बराबरको सामन नस्ट गरेको होम प्रकाश शाहले जानकारि दिनुभयो ।
लक्षिनारायण फर्निच उद्योग नजिकै रहेको अशोक केसीको किराना पसलमा पनी क्षती पुगेको छ हावाहुरीले एकलाख २० हजार बरावरको क्षती पु¥याएको छ ।
यसै आठविसकोट नगरपालिका वडा नँ ९को हर्दिगाँउमा रहेको कमल आधारभूत विद्यालयको दुईकोठे भवणको छाना उडाएको विद्यालयका प्रधानाध्यापक मान बहादुर चन्दले वताउनु भयो ।
परिक्षा नजिकीगै गर्दा विद्यालयको छाना हावाले उडाएपछी विद्यार्थिहरुलाई वस्न र पढाउन असजिलो हुने उहाँले वताउनु । विद्यालयको अफिस बनाइएको भवणको कोठाको छाना उडाउदा कार्यालयमा राखिएका सामाहरु अर्को ठाँउमा सारीएको छ ।

तपाईको प्रतिक्रिया