तोलामा १८ सयले बढ्यो सुन

काठमाडौं : पछिल्लो समय सुनको मूल्‍य बढ्‍ने क्रम जारी छ। बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन शुक्रबार एकैदिन प्रतितोला १८ सयले बढेर हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी संघले जनाएको छ।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो।चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ। यो हप्ता मात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको हो।

तपाईको प्रतिक्रिया