जाजरकोट । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारी जाजरकोटले विभिन्न शैक्षिक सुधार गर्न ज्ञापन पत्र बुझाएको छ । शैक्षिक सुधार, स्ववियु चुनाब र क्याम्पसमा भएका बिभिन्न अनियमिताको बिषयलाई लिएर ४ बुद्धे ज्ञापनपत्र पेश गरेको हो ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिजय शाहीका अनुसार जिल्ला भित्र रहेका त्ग् बाट संञ्चालित नलगाड बहुमुखी क्याम्पस दल्ली र जनज्ञानकुञ्ज क्याम्पस दशेरामा शैक्षिक अनियमियता, आर्थिक अराजकता, स्ववियु बिहिन लगाएत विभिन्न समस्याहरु भएका कारण संगठनले ज्ञापनपत्र बुझाएको जानकारी दिए । उनले भनेर्, यदि हाम्रो ज्ञापनपत्रम उल्लेखित ४ बुद्धे माग पत्रको सुनुवाई नभएमा कडा संघर्ष बाट यसको जवाफ दिइनेछ ।’
यस्तै संगठनका सचिव समीप शाहले भनेर्, हाम्रो बिचमा बिभिन्न चुनौतीहरु छन् । तर हामी र हाम्रो संगठन सरकारले प्रतिबन्ध मात्रै होईन जस्तोसुकै कडाई परिस्थिति अपनाए पनि पछि हट्ने छैन, देशमा भएको अनैतिक क्रियाकलाप र शिक्षा क्षेत्रमा भएको बेथितिका विरुद्ध हामी जहिले पनि आवाज उठाउनेछौँ । ’
गरिव दिन दुखी जनता र पुँजीपति बर्गका छोराछोरीले लिने शिक्षा एउटै नभए सम्म आन्दोलन जारी राख्न उनको भनाई छ । समाज रुपान्तरण र शिक्षा क्षेत्रमा सुधार ल्याउन सबै सरोकारवालाहरुलाई लाग्न आग्रह समेत गरिएको छ ।

















































। १७ फाल्गुन २०७६, शनिबार