
एप्पलले लगानीकर्ताहरुलाई आइफोन अभावका कारण त्रैमासिक मुनाफामा घाटा हुन सक्ने चेतावनी दिएको छ ।
कोरोना भाइरसको प्रकोप बढेसँगै चीनमा आइफोन निमार्ण एवं बिक्री बन्द भएको छ ।
एप्पलको ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको चीनमा सबै कार्यस्थल बन्दभएसँगै एप्पलको व्यापारमा घाटा हुने देखिएको हो ।
‘उत्पादनहरु बनाउने मान्छेको स्वास्थ्य र जिवन हाम्रो प्राथमिकता हो, त्यसैले हामी स्वास्थ्य अधिकारीहरुसँगको परामर्शमा छौं, र यसले एप्पलको व्यापारमा विश्वव्यापी असर पार्ने,’ एप्पलले जनाएको छ ।
एप्पलले चीनमा रहेको आफ्ना सबै स्टोरहरु बन्द गरेको छ । तर, अब केही ठाँउका स्टोरहरु खुला गर्ने तयारी गरिरहेको छ ।
चीनमा रहेको ठूला अन्तर्राष्ट्रिय कम्पनीहरुले आफ्ना सबै कार्यक्षेत्रहरु बन्द गरेका छन् । देशकै ठूलो स्मार्ट फोन निमार्ता हुवाइले ४० हजार कर्मचारी रहेको शेन्जेनस्थित मुख्य कार्यालय भने स्थानीय निर्देशन अनुसार पुनःखुला गरेको छ ।
















































। १७ फाल्गुन २०७६, शनिबार