केशर पुन मगर
रेडियो मौराखारा रूकुम पश्चिम ।
जिल्लाको सानिभेरि गाउँपालिका कि २९ बर्षिया शुशिला बिष्ट मृत अबस्थामा फेला परेकि छन् । आफ्नो माइतीघर चौरजहारि नगरपालिका ६ घर्तिकाँडाबाट घरतर्फ आउदै गर्दा स्याला खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिनुभएको छ ।
बिष्ट ११ गते माइती घरबाट हिडेको तर १२ गते सम्म घर नपुग्दा परिवारले खोजीकार्य सुरू गरेको थियो । १२ गते जंगलमा गोठालाहरूले टाढैबाट शव देख्नासाथ प्रहरीलाई खबर गरिएको ईकाला प्रहरी कार्यालय चाईनाबगरका प्रहरी निरिक्षक तेज बहादुर खड्काले जानकारी दिनुभएको छ ।
खड्काका अनुसार सडक देखि १ किलोमिटर तल खोल्सामा उनको शव फेला परेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पठाईएको र घर ल्याएर दाहसंस्कार गरिएको प्रहरी निरिक्षक खड्काले बताउनुभयो । घटना ११ गतेको हावाहुरि र चट्यानका कारणले भएको हुनसक्ने खड्काले बताउनुभयो ।
















































। १३ फाल्गुन २०७६, मंगलवार