
सांकेतिक तस्वीर
कालीबहादुर नेपाली,जाजरकोट । जिल्लामा पछेल्लो समय भैंसीपालन व्यवसाय लोप हुदै गएको छ । भैंसी पालक कृषकको संख्या घट्दै गएपछि व्यवसाय लोप हुदै गएको हो । जिल्लामा बढ्ढै गएको बन अतिक्रमणले पनि भैंसीपालन व्यवसायमा समस्या पारेको छ ।
दिन प्रतिदिन बन जंगल मासिदै गएपछि भैंसीलाई खुवाउने घाँसको अभाव तथा चरिचण क्षेत्र नहँुदा भैंसी पालन व्यवसाय घटेको हो । जिल्लाका ३ नगरपालिका तथा ४ गाउँपालिकामा भैंसीपालन व्यवसाय पछेल्लो समयमा हराउदै गएको छ । भैंसीका लागि चरण क्षेत्रको अभाव भएको बारेकोट २ अयर्नाका भैंसीपालक कृषक पठे कामीको भनाई छ ।
उनले भने, १०÷१५ बर्ष अगाडीसम्म भैंसी पालनको सम्भावना राम्रो थियो । एक जना कृषकका घरमा १५ वटा भन्दा बढी भैसी पालन गरेका हुन्थे । तर आजभोली १÷२ वटा मात्र मुश्कीलले भैसी पालेको देखिन्छ, । अहिले आएर हराउन थालेको छ । भैंसी पालन व्यवसाय ढिला गरी फस्टाउँदै जाने गरेका कारण भैंसी प्रतिको कृषकको आकर्षण घटेका कृषक भीमबहादुर परियारले बताए ।
अन्य व्यवसाय भन्दा भैंसीलाई धेरै मेहनत गर्नु पर्ने र आम्दानी कमै हुने कृषकको, उनको भनाई छ । भैंसी पालनको लागि पकेट मानिएको लहँ, डाडागाउँ, ढिमे, पैक, खगेनकोट, सक्ला लगाएतका स्थानमा भैंसीको संख्या घट्दै गएको छ ।
नयाँ पुस्ताका युवाहरुको विदेश पलाइन तथा अन्य पेशा व्यवसाय जस्ता कारणले जाजरकोटमा भैंसी पालन व्यवसाय लोप हुने अबस्थामा पुगेको कृषक रामबहादुर बोहराले बताए । उनले भने, भैंसी पालक कृषकका जिल्लामा कुनै पनि आकर्षक कार्यक्रम सन्चालन नहँुदा यो पेशा संकटमा परेको हो ।
पशुपालक कृषकका लागि पशु आहारा, पशु स्वास्थ्य, तालिम तथा प्रसार, व्यावसायीक फार्म सुदृढीकरण र बजारीकरण कार्यक्रममा लगानी नगरेका कारण यो पेशा लोप हुदै गएको बारेकोट गाउँपालिकाका उपाध्यक्ष ओमा कुमारी शाहीको भनाइ छ । भैंसीपालन व्यवसाय लोप हुदा जिल्लामा दुध, दहि तथा घिउको अभाव खट्कीदै गएको छ, ।
पशु चौपायहरुमा विभिन्न रोगको संक्रमण हुदा समेत कृषकले सेवा पाउन नसकेको कृषक कैलो सार्कीले बताए । जाजरकोटमा १ हजार कृषक भैंसीपालन व्यवसायमा संलग्न रहेका छन ।
















































। १२ फाल्गुन २०७६, सोमबार