मुगुमा ४६ हजार ट्राफिक राजस्व संकलन 

खड्क सुनार फागुन १३ मुगु  । जिल्ला ट्राफिक कार्यालय मुगुले चालू आर्थिक वर्षको ७ महीनामा रू। ४६ हजार राजस्व संकलन गरेको छ । चालू आवको माघसम्म ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारबाही गरी उक्त रकम संकलन गरेको हो । गत आर्थिक वर्षहरुमा यो वर्षमा मात्र न्युन राजस्व संकलन भएको जनाईएको छ ।

क्षमताभन्दा धेरै यात्रु राख्ने, जथाभाबी ओभरट्याक गर्ने, सवारी साधनका बिल बुक अन्य कागजातहरु साथमा नराख्ने, मदिरा सेवन गरी सवारी सञ्चालन गर्ने लगायत ट्राफिक नियम उलंघन गर्ने अहिले सम्म ६१ वटा सवारीलाई कारबाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुले जनाएको छ ।

यस अवधिमा २० ट्याक्टर १० मोटरसाईकल १० , जिप ट्रक १५ र १० बस चालक लाई कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय मुगुका प्रहरी नायव निरिक्षक ९सहि० ज्ञानेन्द्र शर्माले जानकारी दिए । मुगुमा वर्षे्नि १० प्रतिशतका दरले सवारीसाधनको चाप बढिरहेको शर्माले बताए । बढ्दो सवारीसाधनसँगै दुर्घटना पनि उत्तिकै बढेको छ उनले भने ७ महीनामा जिल्लाभर सामान्य ६ वटा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु र ६० जना घाइते भएका छन् ।

मृत्यु हुनेमा महिला ३ र बच्चा १ रहेको जानकारी दिएका छन् । पछिल्लो समय नाग्म गमगढी सडक लगातार भारी हिमपातका कारण सडक अवरुद्ध भई दुर्घटना निम्त्याएको शर्माको भनाई रहेको छ । केही दुर्घटना चालकको लापरबाहीले हुने गरे पनि अधिकांश दुर्घटना साँघुरो र कच्ची सडकका कारण भएको उनले बताए ।

स्थानीय तहले विकासका नाममा जथाभाबी मापदण्ड विपरीत अन्धाधुन्ध सडक निर्माण गरेकाले दुर्घटनाको जोखिम बढेको प्रहरीको भनाइ छ । यस्तो दर्घटना नओस भनि जिल्ला ट्राफिक कार्यालय मुगुले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया