कोरोनाको उच्च जोखिममा जाजरकोट, भारत बाट सरासर गाउँ !

जाजरकोटमा चार जना कोरोना सक्रमित,प्रहरी प्रमुख नै सुचना प्रवाहमा

No description available.

कालीबहादुर नेपाली
जाजरकोट, १२ वैशाख । जिल्लामा पनि कोरोना संक्रमणमा जोखिम भयावह वन्ने सम्भावना वढेपछि यहाँको स्थानीय प्रशासनले सर्वसाधारणहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडाइका साथ पालना गर्न आग्रह गरेको छ । जिल्लामा कोरोना संक्रमीत भेटिएसंगै स्थिति भयावह वन्ने सक्ने अनुमान गर्दै स्थानीय प्रशासनले जिल्लाका सवै सरोकारवालहरुलाई कडाईका साथ सरकारले जारी गरेका मापदण्डहरु पालना गर्न आग्रह गरेको हो ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा वसेको सरोकारवालाहरु सम्मिलित वैठकले जिल्लामा कोरोना संक्रमण रोक्न विशेष अभियान र पहल लिने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा भौतिक दुरी कायम गर्दै वसेको उक्त वैठकले जिल्लामा कुनै पनि राजनैतिक सभा समारोह धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु नगर्ने नगराउने, कुनै जरुरी कार्यक्रम गर्न परे २५ जना भन्दा वढी नहुने र सवैले अनिवार्य मास्कको प्रयोग गरी भौतिक दुरी कायम अनिवार्य रुपले गर्ने, घरवाट वाहिर निस्कदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने , अनावस्यक घरवाहिर निस्केर हिडडुल नगर्ने, हुलहुज्ज्त वढाउने काम नगर्ने, जिल्ला प्रवेश गर्ने नाकाको रुपमा रहेको छेडाचौरमा स्वास्थ्य जाँचलाइ व्यवस्थित वनाउने निर्णय गरेको छ ।

यस्तै वैठकले सवै स्थानीय तहहरुले जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि आफनो अनुकुलतामा आवश्यक पहल कदमी लिनका लागि आग्रह गर्ने पनि निर्णय भएको छ । वैठकमा जिल्लालाई कोरोना संक्रमणवाट वचाउने वारेमा व्यापक छलफल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले वताए । उनले स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार तथा अन्य सवै सरोकारवालाहरुको सहकार्य र एकिकृत प्रयासवाट जिल्लालाइ कोरोना संक्रमणवाट वचाउन सकिने वताए ।

जाजरकोटमा चार जना कोरोना सक्रमित
पछिल्लो समय जाजरकोट गरिएको कोरोना परिक्षणमा चार जनामा कोरोना पोजिटिभ देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा बिहिवार र शुक्रवार एन्टिजिन प्रविधि मार्फत गरिएको परिक्षणमा चार जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल प्रसन कृष्ण खत्रीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार जुनिचाँदे गाउँपालिका ११ को १२ बर्षिय पुरुष, भेरी नगरपालिका १ को १५ बर्षिय बालिका भेरी नगरपालिका ६ को २९ बर्षको पुरुष र बारेकोट गाउँपालिका ५ को ४५ बर्षिया पुरुषमा कोरोना पुष्टि भएको खत्रीले वताए । उनिहरु सबै अहिले होम आइसोलोसनमा बसिरहेका छन् ।

सात वटै पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्न डिसिएमसीको निर्णय
पछिल्लो समय देखिएको कोरोना भाइरस (कोभिड १९) बाट जाजरकोट पनि प्रभावित हुने सम्भावना देखिएकोले सात वटै पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्न (डिसिएमसी) ले निर्णय गरेको छ । जिल्ला विपद् व्यवस्थापन समिती (डिसिएमसी) को विहीबार बसेको वैठकले जाजरकोट पनि कोरोनाको उच्च जोखिममा रहेकोले प्रत्येक पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

जाजरकोट प्रवेशमा कडाई गर्ने, छेडा बजारमा रहेको हेल्प डेस्कलाई सञ्चालन गरी यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने, कोरोना देखिने वित्तिकै सोही पालिकाले संरक्षण गर्ने गरी क्वारेन्टाईनको व्यवस्था प्रत्येक पालिकाकालाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।

प्रहरी प्रमुख नै सुचना प्रवाहमा
जाजरकोट प्रहरी प्रमुख मधुकुमार थापा नै सुचना प्रवाहमा जुटेका छ्न । विश्वमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस नेपालमा पनि दिन प्रतिदिन बढ्दै गएकोले स्वास्थ्यका मापदण्डहरु पालना गर्न अनुरोध गर्दै सुचना प्रवाहमा जुटेका हुन ।

जाजरकोट जिल्ला पनि कोरोनाको उच्च जोखिममा रहेको र पछिको अवस्था भयावह हुन नदिन प्रचारप्रसारलाई व्यापक बनाइएको डिएसपी थापाले जानकारी दिए । उनले भने, ‘पछिल्लो समय जाजरकोटका छिमेकी जिल्लाहरुमा कोरोनाको जोखिम बढिरहेको छ, यस्तो अवस्था पनि जाजरकोटमा आउँछ ।’ त्यसैले अत्यावश्यक काम बाहेक घर बाहिर नआउने, निस्कने परे अनिवार्य मास्कको प्रयोग गर्न सल्लाह दिदै आएको थापाले बताए । स्वास्थ्य मन्त्रालयले भने बमोजिम स्वास्थ्यका मापदण्ड पालना गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

भारत बाट सरासर गाउँ
कमाइ गर्न भारत गएर सवसाधारणहरु कुनै सुरक्षाको मापदण्ड पुरा नगरी सिधै घर पुगेका छन् ।
सिमा नाँकामा कुनै पनि चेक जाँच उनीहरुलाइ घर पठाएको छ । मास्क सवैले लगाउन उद्धी जारी गरि सवैलाइ सिधै घर पठाएको हो ।

सयौको संख्यामा भारतबाट सर्वसाधारणहरु जाजरकोट पुगेका छन् । कमाइका लागि भारत जानेमा जाजरकोटका स्थानीयहरु मुख्य जिल्ला पर्दछ । प्रहरीले सदरमुकाममा कोरोनाबाट बच्न मास्क लगाउ जस्ता नाराहरु लगाएर वजार परिक्रमा गरेपनि अन्य कुनै पनि निकायले सतकता अपनाएको देखिदैन । जिल्ला अस्पतालमा समेत दुइ वेडको आइसुलेशन बाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन ।

ठाउँको अभावमा आइसुलेशन बनाउन नसकिएको अस्पताल प्रशारणले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवनहरु भत्काउदा व्यवस्थापनमा समस्य भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आवह्वान गरेपनि अहिले सम्म खरिद भएको छैन । दुइ वर्ष देखि एम्वुलेन्स नहुँदा जिल्ला अस्पतालमा विरामी ल्याउन र लिन समस्य हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया