कोरोना प्रभाव : उद्योग बाणिज्य संघ जाजरकोटको निर्वाचन स्थगित

जाजरकोट, १२ वैशाख । वैशाख २५ गते हुने भनिएको जाजरकोट उद्योग बाणिज्य संघको निर्वाचन स्थगित भएको छ । कोरोना भाईरसको दोस्रो लहर जाजरकोटमा पनि फैलिएकोले निर्वाचन स्थगित गरिएको उद्योग बाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्ण खत्रीले जानकारी दिए ।

एक विज्ञप्ती द्धारा गरी वैशाख २५ गते हुने भनिएको निर्वाचन स्थगित गरिएको उल्लेख गरिएको छ । दोस्रो भेरीएन्टको प्रकोप बढ्दै गएकोले स्थगित गरिएको र वातावरण सहज भएमा निर्वाचन गर्ने गरी सुचना प्रकाशित गरिएको खत्रीले बताए ।

यस्ताे छ विज्ञप्ति

तपाईको प्रतिक्रिया