
१२ बैशाख, बाँके । बाँकेमा कोहलपुर ९ का ६० वर्षीय कोभिड १९ बाट संक्रमित एक पुरुषले आत्महत्या गरेका छन् ।
उनको स्वास्थ्यमा समस्या देखिए पछि बैशाख ३ गते नेपालगन्ज मेडिकल कलेजमा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था सामान्य भएका कारण होम आइसोलेसनमा बसेका उनले शनिबार साँझ ६:४५ बजेको समयमा घरको एक कोठामा डोरीमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
यो संगै कोरोनाबाट बाँकेका ८३ जनाले ज्यान गुमाएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक छ । आत्महत्या के कारणले गरेको विषय खुलेको छैन ।
















































। १२ बैशाख २०७८, आईतवार