नेपाल बार एशोसिएसन जाजरकोट अध्यक्षमा शाही

May be an image of 6 people, including Prakash Shah and Dambar Bahadur Singh, people standing and outdoors

कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन, जाजरकोट अध्यक्षमा अधिबक्ता प्रकाश कुमार शाही सर्वसहमत चयन भएका छन् । नेपाल बार एशोसिएसन, जाजरकोटको शुुक्रबार सम्पन्न जिल्ला अबिधेशनले शाहीलाई अध्यक्षमा सर्वसहमत चयन गरेको हो ।

शाही अध्यक्ष रहेको ११ सदस्यीय जिल्ला बार इकाई जाजरकोटको उपाध्यक्षमा अधिबक्ता राजबहादुर सिंह, सचीवमा अधिबक्ता छवीराज शर्मा, कोषाध्यक्षमा अधिबक्ता धन बहादुर थापालाई जिल्ला अबिधेशनले सर्र्वसहमत चयन गरेको थियो ।

सम्पन्न जिल्ला अबिधेशनले जिल्ला बार इकाई जाजरकोट सदस्यहरुमा अधिबक्ता सहदेव जंग शाह, अधिबक्ता नीमबहादुर शाही, अधिबक्ता भीमबहादुर सिंह, अभिबक्ता कृष्ण विक्रम शाह, अभिकर्ता पदम बहादुर शाह, अभिकर्ता कृष्णबहादुर थापा र अधिबक्ता कमलराज रावतलाई सर्बसहत चयन गरेको अधिबक्ता भीमबहादुर सिंहले जानकारी दिए । अधिबक्ता सिंह अघिल्लो कार्यकालका अध्यक्ष हुन् ।

जिल्ला बार इकाई, जाजरकोटका संस्थापक अध्यक्ष अधिबक्ता सहदेब जंग शाह हुन भने, दोस्रा र तेस्रो कार्यकालका अध्यक्ष अधिबक्ता छवीराज शर्मा हुन् । त्यसैगरी चौथो कार्यकालका अध्यक्ष अधिबक्ता नीमबहादुर शाही हुन् । पाँचौं कार्यकालको अध्यक्ष अधिबक्ता भीमबहादुर सिंह थिए । जिल्ला बार इकाईको कार्यकाल तीन–तीन बर्षको हुने गरेको छ ।।

तपाईको प्रतिक्रिया