१० बैशाख २०७८, शुक्रबार

संगठन विस्तारमा अखिल क्रान्तिकारी, भानुभक्त मा.वि लहँमा ३९ सदस्यीय कमिटी गठन

विप्लव निकट विद्यार्थी संगठनका अध्यक्ष समेत प्रवेश

No description available.

जाजरकोट, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) संगठन विस्तारमा जुटेको छ । नेकपालाई सर्वाेच्चले पुःन माओवादी केन्द्र र एमालेमा फर्काईदिएपछि माओवादी निकट विद्यार्थी संगठन जाजरकोट कमिटी निर्माण र संगठन विस्तारमा जुटेको हो ।

जिल्लाका सात वटै स्थानीय तहका सम्पुर्ण माद्यामिक विद्यालय र क्याम्पसमा कमिटी निर्माण गर्ने कार्यतालिका बनेको छ । यस्तै, नलगाड नगरपालिकामा राजन राना मगर र रणबहादुर परियारको नेतृत्वमा गएको टोलीले सोही नगरपालिका ४ लहँमा रहेको भानुभक्त माद्यामिक विद्यालयमा मालबहादुर वलीको अध्यक्षतामा ३९ सदस्सीय मुल ईकाई समिती गठन गरिएको अखिल क्रान्तिकारी जाजरकोटका कोषाध्यक्ष राजन राणा मगरले जानकारी दिए ।

उनका अनुसार, विद्यालयमा गठन गरिएको टीममा, मालबहादुर वली अध्यक्ष, मिना विक, विनोद रावल र सोनम रावल तीन जना उपाध्यक्ष बनेका छन् । यस्तै, कोषाध्यक्षमा कृष्ण वली, सचिवमा अनिल डाँगी, सह सचिवमा सविन वली र करिष्मा गौतम बनेका छन् । वरिष्ठ सदस्य सिर्जना सहित ३९ सदस्यीय कमिटी निर्माण गरिएको सह सचिव रणबहादुर परियारले बताए ।

विप्लव निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष पद छोडेर माओवादी निकट विद्यार्थी संगठनमा प्रवेश गरी अध्यक्ष बनेको समेत उनले बताए । आगामी जेठ ९ र १० गते छेडागाड नगरपालिकाको मनघाटमा अखिल क्रान्तिकारीको २० औं जिल्ला सम्मेलन गरिने अखिल क्रान्तिकारी जाजरकोटका संयोजक कृष्णराज सिंहले जानकारी दिए ।

त्यही अनुरुप जिल्लाका सात वटै पालिकामा विद्यार्थी संगठन निर्माण गरी पालिका कमिटी टुंगो लगाउने समेत अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ ।