सात वटै पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्न डिसिएमसीको निर्णय, पालिकाको सीमामा हेल्प डेस्क सञ्चालन गर्न आग्रह


जाजरकोट, १० वैशाख । नेपालमा पछिल्लो समय देखिएको कोरोना भाइरस (कोभिड १९) बाट जाजरकोट पनि प्रभावित हुने सम्भावना देखिएकोले सात वटै पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्न (डिसिएमसी) ले निर्णय गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिती (डिसिएमसी) को विहीबार बसेको वैठकले जाजरकोट पनि कोरोनाको उच्च जोखिममा रहेकोले प्रत्येक पालिकामा क्वारेन्टाईनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

जाजरकोट प्रवेशमा कडाई गर्ने, छेडा बजारमा रहेको हेल्प डेस्कलाई सञ्चालन गरी यात्रुहरुको स्वास्थ्य परिक्षण गर्ने, कोरोना देखिने वित्तिकै सोही पालिकाले संरक्षण गर्ने गरी क्वारेन्टाईनको व्यवस्था प्रत्येक पालिकाकालाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए ।
हेर्नुहोस् डिसिएमसीको निर्णय

No description available.

No description available.

 

No description available.

तपाईको प्रतिक्रिया