प्रहरीद्धारा अवैध अफिम नष्ट

May be an image of standing and nature

जाजरकोट, ७ वैशाख । जिल्लाका विभिन्न ठाउँमा अबैध रुपमा गरिएको अफिम खेतीलाई नष्ट गर्न प्रहरीले अभियान चलाएको छ ।

बर्षेनी अभियान चलाउदै आएको नेपाल प्रहरीले यस बर्ष पनि अबैध अफिम खेती नष्ट गर्न नलगाड नगरपालिका र भेरी नगरपालिकाका उच्च जंगली भु–भागमा पटक–पटक अबैध अफिम खेती नष्ट गर्नलाई प्रहरीले अभियान चलाएको हो ।

ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी नायव निरिक्षक शरद प्रसाद पाण्डेको कमाण्डमा सुक्रबार र सनिबार खटिएर गएको प्रहरी टोलीले नलगाड–८ स्थित मंसिरीमा झण्डै ६ रोपनी र गुराँसेमा एक रोपनी जग्गामा रहेको अबैध अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दल्लीका प्रहरी हल्दार महेन्द्र बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले नलगाड–१ स्थित पुवाँडाँडामा आधा रोपनी जग्गामा रहेको अबैध अफिम खेती नष्ट गरेको छ । त्यसैगरी प्रहरी चौकी पाँचकटियाका प्रहरी सहायक निरिक्षक कर्ण बहादुर बलामीको कमाण्डमा खटिएको प्रहरी टोलीले भेरी नगरपालिका–२ डिङ्गामा २ धुर जग्गामा गरिएको अबैध अफिम खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

शुक्रबार र सनिबार मात्र प्रहरीले साढी ७ रोपनी, २ धुरमा जग्गामा रहेको अवैध अफिम खेती नष्ट गरेको छ । अबैध रुपमा गरिएको अफिम खेती सम्बन्धी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ तर, अबैध रुपमा खेती गरी रहेका जग्गा धनीलाई कानुनी कारबाही भने प्रहरीले अहिलेसम्म गरेको पाईएको छैन ।

 

तपाईको प्रतिक्रिया