घट्टको पाथर बाटै १५ लाख कमाई

माया घर्ती
जाजरकोट, ५ वैशाख । नलगाड नगरपालिका–८ मेघाचौरका ५० वर्षिय एमवीरे कामीले घट्टको पाथर विक्रीबाट लाखौं आम्दानी गर्दै आउँनु भएको छ ।

यो व्यवसायबाट जीबिको पार्जनमा सहज भएको छ । मेघाचौरको जंगलमा रहेको ढुङ्गेखानीबाट घट्टको लागि आवश्यक पर्ने पाथर निकालेर विक्री गर्दै आएको उनको भनाई छ । गाउँघरमा अन्नबाट पिठो पिस्न वनाइएका घट्टका पाथर मुल्यवान छन् । एक जोरी पाथरको १५ देखि २५ हजार रुपैंयामा विक्री हुने गरेको उनको भनाई छ । यस बर्षमा ५० जोर पाथर विक्री गरेको भन्दै यसबाट ५ लाख आम्दानी गरेको उनको भनाई छ ।

१३ जना परिवारको घर व्यवहार चलाउँन र छोराछोरीलाई पढाउन लेखाउन निकै सहज भएको उनको भनाइ छ । ‘खानी भित्रबाट ढुङ्गा निकालेर पाथर तयार गर्नु सहज काम भने छैन उनका लागि तर, उनले यो काम भने छोड्न सकेका छैन, मेरो परिवारको लागि जीविकोपार्जन गर्न सजिलो पेशा भएको छ उनले भने ।’

आवश्यक औजार उपकरण नहुँदा पुरानै परम्पराबाट पाथर बनाउने गरिएको छ । आफैले किनेका सप्पल, घन, छिना, हतौडा प्रयोग गरेर पाथर तयार पार्नु उनको दैनिकी नै हो । बाजे, बाबुले अँगालेको पुख्र्यौली पेशा भएको उनले बताए । १८ बर्षको उमेरदेखि नै पाथर वनाउने काम गरेको उनको भनाई छ । पाथर खोज्न मान्छेहरु खानीमै पुग्ने गरेका छन ।

यहाँको पाथर राम्रो भएकोले माग धेरै आउँने गरेको छ । एक जोरी पाथर तयार गर्न तीन दिनसम्म समय लाग्ने गरेको छ । धेरैले पाथर वनाउने पेशा भने छोडी सकेका छन तर एमबीरेले भने निरन्तरता दिदै आएका छन् । यहाँका पाथर रुकुम, बारेकोट र नलगाडको सवै ठाउँमा पुग्ने गरेको उनको भनाई छ ।

पानीबाट सन्चालन हुने घट्टमा काठको पुदालो तथा पाइपबाट सन्चालन हुन्छन । अहिले सबैको सजिलो र जीवन तरमा परिवर्तन गर्न समेत यसले ठुलो टेवा पुर्याउने भएपछि पाथरको माग पनि धेरै हुने गरेको छ । आधुनिक औजार उपकरणको व्यवस्था गर्न सक्ने हो भने, यसबाट धेरैलाई रोजगारी दिनुको साथै जीवन स्तर परिवर्तन गर्न सहज हुने नलगाड–८ काब्राका हस्तबहादुर चनाराले बताए । पछिल्लो समय घट्टको लागि आबश्यक पर्ने पाथर मेघाचौरको उतम मानिदै आएको छ । आर्थिक आम्दानी, सामाजिक ब्यवहारका हिसाबले पनि यो पेशा एमबीरेको लागि रोजाइमा परेको हो । #डिजिटल सञ्चार#

तपाईको प्रतिक्रिया