विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड नाघ्यो


विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड नाघेको छ । गत २४ घन्टामा विश्वभर ८ लाख २४ हजार २ सय २ नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोनाका कराण सङ्क्रमित हुनेको सङ्ख्या १४ करोड ४ लाख ९९ हजार १ सय ४४ पुगेको छ ।

यस्तै गत २४ घन्टामा विश्वभर कोरोनाका कारण १२ हजार ४ सय ४१ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३० लाख ११ हजार ४ सय २८ पुगेको छ ।

पछिल्लो २४ घन्टामा थपिएका सङ्क्रमित मध्ये भारतमै सबैभन्दा धेरै २ लाख ३३ हजार ९ सय ४३ जना रहेका छन् भने १ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ । भारतमा यो सङ्ख्या हालसम्मकै धेरै रहेको बताइएको छ । यस्तै हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये झन्डै ११ करोड ९३ लाखभन्दा बढी स्वस्थ भएका छन् ।

तपाईको प्रतिक्रिया