जोगियो कर्णाली प्रदेश सरकार,काँग्रेस सहित नेपाल खनाल पक्षको मत !

फाईल तस्विर

सुर्खेत, ३ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संसदबाट विश्वासको मत लिनुभएको छ ।

विश्वासको मत मागेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई काँग्रेसका ६ जना सांसद र एमालेका चार जना सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएपछि उनको पद जोगिएको हो । नेकपा एमालेका ४ जना सांसदहरूले फ्लोर क्रस गरेपछि शाही सुरक्षित हुनुभएको हो। शाहीको पक्षमा २२ र विपक्षमा १५ जनाले मतदान गरेका थिए ।

एमालेबाट फ्लोर क्रसगरी शाहीलाई मतदान गर्नेमा प्रकाश ज्वाला, अमर बहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेको जनाइएको छ । उनीहरू एमालेमा माधव नेपाल झलनाथ खनाल खेमाका हुन । मतदानमा ३७ जना सहभागी भएका थिए । राप्रपाकी सांसद भने मतदानमा सहभागी भएकी छैनन् । अब मुख्यमन्त्री शाहीले आफ्नो पद जोगाउन सफल हुनुभएको छ ।

तपाईको प्रतिक्रिया