कर्णालीमा एमालेको संसदीय दल बैठक बस्दै, चार सांसदमाथि कारवाही हुने


सुर्खेत । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका चार सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने चार सांसदहरुलाई कारवाहीको सिफारिस गर्नेछ ।

पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा एमालेका प्रकाश ज्वालासहित चार सांसदले ‘फ्लोर क्रस’ गरेका थिए ।

उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।

तपाईको प्रतिक्रिया