डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यामप्रसाद शर्मालाई

दैलेख : डेकेन्द्र पत्रकारिता पुरस्कारबाट दैलेखका पत्रकार याम प्रसाद शर्मा पुरस्कृत भएका छन्। दैलेखको ‘धमाका’ राष्ट्रिय दैनिक पत्रिकाले स्थापना गरेको सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो।

‘धमाका’ले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर शर्मालाई नगद ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको पत्रिकाका सम्पादक विष्णुप्रसाद शर्माले जानकारी दिए । ​

द्वन्द्वकालमा तत्कालीन माओवादीद्वारा मारिएका थापाको सम्झनामा पत्रिकाले तीन वर्षदेखि डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार दिँदै आएको छ। यसअघि दैलेखकै पत्रकार यज्ञराज थापा र नमनकुमार शाही पुरस्कृत भएका थिए।

तपाईको प्रतिक्रिया