नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली


काठमाडाैँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीबीच वर्ष २०७७ मा विकास निर्माणका काममा थप सफलता हासिल गराएर सरकारले उक्त वर्ष निरर्थक हुन नदिएको बताएका छन्।

नयाँ वर्ष २०७८ को पहिलो दिन आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनःनिर्मित कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौँबासीको दसकौँदेखिको सपना पूरा गरिएको र नयाँ नयाँ विकासका कामहरु पूरा गरिएको र त्यो क्रम जारी रहेको बताए।

सम्बोधन क्रममा उनले वर्ष २०७७ मा विभिन्न क्षेत्रमा भएका उपलब्धि र चुनौतीबारे पनि उल्लेख गरे। प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री कार्यालयबाट देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुको सुख, शान्ति र समृद्धिको कामना गरे।

उनले कोभिड–१९ को महामारीका अवसरमा सबैलाई सुरक्षित रहन आग्रह गर्दै नागरिकको जीवनरक्षा पहिलो भएको हुनाले जनताको जीवन बचाउनेतर्फ पहिलो ध्यान दिने बताए ।

तपाईको प्रतिक्रिया