
जाजरकोट, ३१ चैत्र । जिल्ला प्रहरीले ठुलो मात्रामा अफिम खेती नष्ट गरेको छ । जिल्लाको नलगाड नगरपालिकामा रहेको इलाका प्रहरी कार्यालयको नेतृत्वमा सो नगरपालिकाका विभिन्न स्थानहरुमा लगाइएको अवैध अफिम खेती पुर्ण रुपमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार इलाका प्रहरी कार्यालय दल्लीवाट प्रहरी नायव निरीक्षक शरदप्रसाद पाण्डेको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोहि नगरपालिकाको वडा नम्वर २ को नहकुलीमा ४ रोपनी, ३ नम्वर वडाको काक्रीमेलामा २५ रोपनी, डिम्रेनीमा साढे ८ रोपनी,द्धारेमा ८ रोपनी, वडा नम्वर ६ को भारगाउँमा आधा रोपनी, सिर्पाचौरमा ७ रोपनी, किटालेखमा साढे ६ रोपनी, गर्छिनामा साढे ११ रोपनी जग्गामा लगाइएको अवैध अफिम खेती नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधुकुमार थापाले कानुनले प्रतिवन्ध लगाएको अफिम खेती नष्ट गर्न प्रहरीले ४ दिनको अभियान चलाएको र यस वारेमा थप अनुसन्धान गर्ने काम भइरहेको वताए ।
जिल्लाका विभिन्न भागहरुमा अवैध रुपले लगाइएका सवै गाजा खेतीहरु नष्ट गर्ने आफुहरुको अभियान रहेको र यसमा जनताले सहयोग गर्नुपर्ने प्रहरी प्रमुख थापाले वताए । उनले प्रहरीले घरेलु मदिरा नियन्त्रण, गाजा खेती नष्ट,जुवातास नियन्त्रण तथा न्याय र शान्तिसुरक्षामा नकरात्मक असर पार्ने सवै प्रकारका गतिविधिहरु विरुद्ध प्रहरी आक्रामक रुपमा लागेको वताए । जनता र प्रहरीको सहकार्यले जिल्लामा अपराध र असुरक्षा घटाउन मदत गर्ने उनको भनाई छ ।
















































। ३१ चैत्र २०७७, मंगलवार