
जाजरकोट, ३१ चैत्र । जिल्लामा चार हजार बढी नागरिकको राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन तथा दर्ता गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट गत साउन देखि सञ्चालन भएको कार्यक्रममा नागरिकले आफ्नो विवरण दर्ता गराएका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले जानकारी दिए । अहिले सदरमुकामबाटै परिचय पत्रको विवरण दर्ता गर्ने काम भई रहेको छ, प्रजिअ देवकोटले भने, ‘हरेक पालिकाका वडा तहसम्म अभियानका सञ्चालन गर्न मन्त्रालयबाट परिपत्र आएको छैन परिपत्र आएमा घुम्ती शिविर सञ्चालन गरेर राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता शिविर सञ्चालन हुनेछ ।’
जिल्ला प्रशासन कार्यालयबाट दैनिक ३० देखि ४० को हाराहारीमा परिचय पत्र दर्ता गर्ने काम भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले राष्ट्रिय परिचय पत्र दर्ता गर्ने काम पालिकाबाटै हुनुपर्ने बताए । गाउँमा यसबारे कुनै जानकारी छैन अध्यक्ष शाहले समेत शाहको भनाई छ ।
उनले भने, ‘जाजरकोटका ७ स्थानीय तहबाट नागरिकको विवरण दर्ता कार्य गर्दा राम्रो हुन्छ, यसका लागि स्थानीय सरकारले के गर्नु पर्छ हामी तयार छौँ ।’ जिल्लाका सम्पूर्ण नागरिकको विवरण दर्ता गर्न वडा तहसम्म अभियान सञ्चालन गरिए दुर्गमका नागरिकलाई राहत पुग्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । पालिकाका वडा तहमा गएर राष्ट्रिय परिचय पत्रका लागि विवरण सङ्कलन तथा व्यक्तिगत घटना अद्यावधिक गरी अभियानको रुपमा सञ्चालन हुनु पर्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहु उपयोगी प्रमाणपत्र राष्ट्रिय परिचय पत्रको रुपमा सरकारले सबै नागरिकलाई दिने लक्ष्य राखेको छ । यो कार्यलाई सरकारले प्राथमिकताका साथ सञ्चालन गरिरहेको भए पनि कोरोना कहरले भने केही प्रभाव पारेको देखिन्छ ।
















































। ३१ चैत्र २०७७, मंगलवार