विहेको भोज खाँदा  रुकुममा ४२ जन्ती विरामी

Image

फाईल तस्वीर
रुकुम ः रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ३ चौखेमा बिहेको भोज खाँदा ४२ जना जन्तीहरु बिरामी परेका छन् । बुधबार साँझ सुर्खेतको गुर्भाकोट बाट सानीभेरी ३ चौखेमा जन्त आएका जन्तीहरुले साँझको खाना खाँदा बिरामी परेका सानीभेरी गाउँपालिका स्वास्थ्य संयोजक छबिलाल केसीले जानकारी दिए ।

खाना खाइसकेपछी सुतेका जन्तीहरु बिरामी पर्न थालेपछी विहीबार विहान स्वास्थ्य संयोजक छबिलाल केसीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीको द्रुत प्रतिकार्य टोलिले उपचार गरेको छ ।

बिरामी मध्य २ जना गम्भिर भएको पनि संयोजक केसीले बताए । उनीहरुलाई विशेष उपचार गरिएको उनकोे भनाइ रहेको छ । स्वास्थ्य संयोजक केसीले खानामा विसाक्त चिज मिसिएर समान्य फुड पोइजन भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया