पत्रकार महासंघ जाजरकोटमा साझा गठबन्धनको जीत, अध्यक्षमा शर्मा

May be an image of 12 people, including Nirajan Bikram Shahi, people sitting and people standing

जाजरकोट, २६ चैत्र । नेपाल पत्रकार महासंघ जाजरकोट शाखामा साझा गठवन्धनको जीत भएको छ ।

पत्रकार महासंघको २६ औँ महाधिवेशलाई लक्षित गरी नेपाल प्रेस यूनियन र प्रेस संगठन नेपाल विच साझा गठबन्धन निर्माण गरिएको टीमको जीत भएको हो । साझा गठबन्धनको तर्फ बाट उम्मेदवारी दिएका बालकुमार शर्माले आफ्ना प्रतिस्पर्धी दीपबहादुर घर्तीलाई ४२ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।

घर्ती ओली निकट प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार संगठन नेपालको साझा उम्मेरदवारका रुपमा रहेका थिए । यस्तै वरिष्ठ उपाध्यक्षमा साझा गठवन्धन बाट सहदेव बस्नेत निरर्विरोध चयन भएका छन् । महिला उपाध्यक्षमा निर्मला थापालाई पराजित गर्दै साझा गठबन्धका टुकमाया घर्ती विजय भएकी छन् ।

घर्तीले ६६ मत प्राप्त गरेकी थिईन भने प्रतिस्पर्धी थापाले ७ मत प्राप्त गरेकी थिईन् । कोषाध्यक्षमा साझा गठबन्धनका युद्धजित शर्माले ६५ मत प्राप्त गरी विजय हासिल गरे भने उनका निकटतम प्रतिद्धन्दी तीर्थराज बोहराले १० मत प्राप्त गरेको निर्वाचन समितीका संयोजक हरीबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार, सचिवमा भरतकुमार शर्माले ५५ मत प्राप्त गरी विजय प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी विनोद घर्तीले २४ मत प्राप्त गरी हार व्यहोरेका छन् । यस्तै सह सचिवमा ६२ मत प्राप्त गरी साझा गठबन्धनका पवन शर्माले विजय प्राप्त गरेको जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार, प्रतिस्पर्धी जनकराज चन्दले २१ मत प्राप्त गरेका थिए । यस्तै दलित सदस्यमा ६६ मत प्राप्त गरी कालीबहादुर नेपाली विजय भएका छन् भने, उनका प्रतिस्पर्धी धनबहादुर नेपालीले ९ मत प्राप्त गरेर हात व्यहोरेका छन् । नेपाली पत्रकारीताको इतिहासमा पहिलो पटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमा जाजरकोट बाट ८६ जनाले मतदान गरेको निर्वाचन समितीले जनाएको छ ।

साझा गठबन्धनको तर्फ बाट निर्विरोध सह सचिवमा सपना वली रहेकी छन् । खुल्ला सदस्यमा बद्री पन्त, नवराज शाही, रेशमबहादुर खड्का, अर्पण रावल,सन्देश आचार्य र जनक सिंह चयन भएका छन् ।

‘जाजरकोटी पत्रकारीतामा नयाँपन आउँछौँ’
नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका नव निर्वाचित अध्यक्ष बालकुमार शर्माले जाजरकोटी पत्रकारीतामा नयाँपन ल्याउने बताएका छन् । भारी मतले विजय भएपछि पत्रकारहरु संग कुराकानी गर्दै जाजरकोटी पत्रकारीतामा नयाँ आयाम थप्ने र नयाँपन ल्याउने बताएका हुन् ।

पत्रकारहरुको हकहितका लागि विमा गर्ने, पत्रकारहरुको सीप विकासका लागि विभिन्न तालिमहरुको आयोजना गर्ने, विज्ञापनमा समानुपातिक प्रणाली अपनाउने, पत्रकारहरुको संख्यामा वृद्धि गर्ने, जाजरकोट विकासका लागि पत्रकार महासंघले ठुलो भुमिका खेल्ने प्रतिवद्धता समेत व्यक्त गरे । जनपक्षीय पत्रकारीतालाई अव सबै पत्रकारहरुले अंगाल्ने समेत शर्माले बताए ।

तपाईको प्रतिक्रिया