भुपेन्द्रको कथा : ‘वुवाको निधनपछि आमाले अर्कैको काम गरी हामीलाई पाल्नुभयो’

मेरो नाम भुपेन्द्र नेपाली हो । मेरो जन्म वि.स. २०६१ साल पौष ५गते बुबा परे नेपाली आमा अम्मा नेपाली कान्छो छोराका रुपमा बारेकोट गाउँपालिका वडा न.२ अर्यना टोलमा भएको हो । आर्थीक अवस्था कमजोर भएका कारण घरमा आमाको चोली फेर्ने समस्या छ ।

घरमा के खाऔँ भन्ने समस्याले झेलिएको हाम्रो परिवारमा । वि.स. २०७१ साल फागुन ०३ गते घरमा बज्रपात प¥यो । अर्थात वुवाको निधन भयो । त्यति वेला उमेरले म १० बर्षको थिए । अनि मेरो दाईको १२ बर्षको हुनुहुन्थ्यो । अनि बुबाको निधनपछि दैनिक जसो आमाले हामीलाई हुर्काउनका लागि दिनभरी अरुको काम गर्नुपर्ने अवस्था सिर्जना भयो ।

त्यसपछि आमाले दिनभरी अरुको घरमा काम गर्नुभयो । अनि आमाले त्यस्तै गरेर हामीलाई यहाँ सम्म अर्थात यो अवस्थामा पु¥याउनुभयो । अहिले मेरो दाई लोक सेवा आयोगको तयारी गर्नुहुन्छ । उहाँको शैक्षिक योग्यता शिक्षा तर्फ १२ पास र प्राविधिक तर्फ कृषि जे.टि.ए १८ महिने विजय लक्ष्मी प्राविधिक शिक्षालय छिन्चु मा पढ्नु भएको हो । अनि अहिले म श्री विरेन्द्र ऐश्वर्य. मा.वि.बारेकोट गाउँपालिका २ लिम्सामा कक्षा ११ मा अध्ययन गर्दैछु ।

अहिले मेरो परिवारमा आमा, म, दाई, भाउजु,अनि छोरी लगायतको सानो परिवार रहेको छ । जीवनमा दुःख भनेको एउटा रित हो जसलाई अवश्य पनि भोक्नैपर्छ । समय फेरियो, हाम्रो दैनिकी फेरिएन । उमेर बढ्यो, तर हाम्रो समस्या कहिल्यै घटेन् । आमाको इच्छालाई पुरा गर्न सकिन्छ कि भने र मैले गाउँ छोडेर जिल्ला सदरमुकाम तिर प्रवेश गर्नु प¥यो ।

सदरमुकाम सोर्स फोर्स अनि पैसाले काम पाइदो रहेछ । नत म संग पैसा नै छ नत म संग सोर्स फोर्स नै छ । मलाई यो पिडा महसुस भएको छकी सायद मेरो गाउँ छोडे पछि आमाको इच्छा पुरा गर्छु भनि गलत निर्णय लिए जस्तो लागि रहेको छ । मलाई सदरमुकामको बसाईले भन्दा पनि आमाकोे इच्छाको बढी चिन्ता छ । आमाले देखेको सपना पुरा गर्न सक्दिँन जस्तो महसुस भएको छ । अर्थ नै नभएको जिवन दोधारमा वाँचिरहेको छु ।

हौसला विनाको जिवन साथ विनाको यात्रा चलिरहेको छ वाध्यताको जिवन वाँचिरहेछ समयको महत्त्वलाई विस्तारै बुझ्दै गहिरहेको छु पिडा के हो ? विस्तारै सम्झना जसरी बुझ्दै गहिरहेको छु ।

समयले मलाई कठोर बनाउदैछ परिस्थितीले वाँच्न सिकाउदै छ मन भित्र पिडा लुकाए यो समाजको सामु हाँस्नै पर्ने बाध्यता भएको छ । मानिस खुसीमा मात्र हाँस्छन भन्नु एउटा भुल रहेछ । मानिसले परिधिको रेखा भित्र बाँधिएर आफ्नो कर्तव्यलाई पालन गरेर बाँच्नु आजको आवश्यकता रहेछ ।

                            लेखक नेपाली बारेकाेट गाउँपालिकाका स्थानीय हुन् ।

तपाईको प्रतिक्रिया