जाजरकोटमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालन हुने

No description available.
जाजरकोट, १८ चैत्र । जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी वैशाख ९ देखि ११ गते सम्म सञ्चालन हुने भएको छ ।

बुधबार विहान जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिती संयोजक मनबहादुर रावलको संयोजकत्वमा बसेको वैठकले सञ्चालन निर्णय गरेको हो ।

कोरोना महामारीका कारण विगतका बर्षहरुमा रोकिएको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यस बर्ष सञ्चालन गरिने जिल्लाका खेलकुद विकास कार्यालय जाजरकोटका प्रमुख जयप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार छात्र, छात्राहरुमा भलिवल, कवड्डी, एथलेटिक्स, कराँते,तेक्वान्दो,दौड लगायतका खेलकुद सञ्चालन गरिनेछ । सात वटै पालिका उत्कृष्ठ खेलाडीहरुको छनौट गरी जिल्ला स्तरीय खेलकुदमा समावेश गरिनेछ भने, जिल्ला बाट छनौट भएका उत्कृष्ट खेलाडीहरुलाई प्रदेशमा

समावेश गरिने समेत आचार्यले बताए । प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयले शिल्ड, मेडल र ट्रफि जित्नेछन् । खेल त्रिभुवन माद्यामिक विद्यालयको मैदानमा सञ्चालन गरिनेछ ।

यस्तो छ निर्णय ः

No description available.

No description available.

No description available.

 

तपाईको प्रतिक्रिया