पुरानै शैलीमा माओवादी चल्दैन् : नेता रामदिप आचार्य

May be an image of one or more people and people standing

जाजरकोट, १५ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नेता रामदिप आचार्यले माओवादी केन्द्र पुरानै शैलीमा नचल्ने बताएका छन् ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जाजरकोटको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुुन् । उनले भने, ‘माओवादी पार्टी अरु भन्दा फरक पार्टी भएकोले वासी तरिका र वासी कार्यशैली बाट आफ्ना गतिविधी गर्नुहुदैन्, ‘त्यसैले अवका दिनमा आम कार्यकर्ताले पुरानैशैली र पुरानै तरिका गरियो भने देशमा वाजी पार्न सकिदैन् ।’

अव देशमा नयाँ कार्यशैली बाट आम नेता तथा कार्यकर्ता अघि बढ्नुपर्ने समेत बताए । प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता ढकवीर रानाको अध्यक्षता रहेको थियो भने माओवादी केन्द्रका वरिष्ठ नेता कालीबहादुर मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्रका प्रदेश स्तरीय नेता, जिल्लाका सम्पुर्ण नेता तथा कार्यकर्ता गरी २ सय भन्दा बढीको उपस्थिती रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया